Siraha Times
ताजा समाचार

बेटी पढाऊ, बेटी बचाउ अभियान जनता मा.वि. धमौरामा ६३ जना छात्राहरुलाई साईकल वितरण गरियो

  • भदौ १०, २०७६
  • १०१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भदौ १०। बलवा नगरपालिका बेटी पढाऊ, बेटी बचाउ अभियान जनता मा.वि. धमौरामा ६३ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतको अभियान अन्तर्गत आज कार्यक्रमको अध्यक्षता महिला बालबिकास समितिका सभापति मा. जयनुल राइन ज्यु ले गर्नु भएको छ ! कक्षा ८मा अध्यनरत छात्राहरु साईकल वितरण कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी नेपाल को राष्ट्रिय अध्यक्ष एवं महोत्तरी क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य आदरणीय नेता मा. शरत सिंह भण्डारी ज्युले भन्नू भो कि महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने बताए । उहाँले महिलालाई सशक्तिकरण गर्नु पर्ने समेत बताए । 
कार्यक्रममा प्रदेश न. २ का मा. जानकी शरण साह,मा. सुरिता साह ,राजपा धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा (ज्ञानु), बलवा नगरपालिकाका उपप्रमुख रिता झा, वार्ड न.१० का वार्ड अध्यक्ष राजकुमार यादव, वार्ड न.४का वार्ड अध्यक्ष प्रमोद यादव लगायत बिधालयमा अध्यनरत विद्यार्थीहरु अभिभावक र राजपा नेपाल तथा समाजवादी पार्टीका नेताकार्यकर्ताहरुको बृहत उपस्थिति थियो र कार्यक्रमको अन्तमा मा.जयनुल राइन ज्युले भन्नू भो मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताउनु भयो । उहाँले महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने धारण राख्नु भयो ।

Image may contain: 12 people, people smiling, people standing

Image may contain: 5 people, people standing

Image may contain: 3 people, people sitting

Image may contain: 1 person, standing

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१