Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • असार २, २०८३
  • ४२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा धनगढीमाई नगरपालिकामा “जोखिम सञ्चार तथा सामुदायिक सहभागिता कार्यक्रम” अन्तर्गत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार धनगढीमाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख शिवशंकर महतोको अध्यक्षतामा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

कार्यक्रममा बालबालिकालाई नियमित खोप सेवामा पहुँच सुनिश्चित गर्दै खोपबाट रोकथाम गर्न सकिने रोगहरूको नियन्त्रण तथा उन्मूलनमा नगरपालिकाले हासिल गरेको सफलताका आधारमा उक्त घोषणा गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले खोप कार्यक्रमलाई थप प्रभावकारी, नियमित र दिगो बनाउन सबै सरोकारवाला निकाय तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन निरौला, वडा नं. १ का अध्यक्ष सूर्यनारायण यादव, वडा नं. ११ का अध्यक्ष अशोक कुमार श्रेष्ठ, वडा नं. १० का अध्यक्ष सरोज कुमार महतो, स्वास्थ्य शाखा प्रमुख विशेश्वर प्रसाद यादव लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख विशेश्वर प्रसाद यादवले नगरपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेको र आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिँदै दिगोपना कायम राखिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न अभिभावक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए। नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिनु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१