Siraha Times
ताजा समाचार

गोलबजारमा किशोरी सञ्जालद्वारा नगरपालिकालाई १० बुँदे मागपत्र हस्तान्तरण

  • जेठ २७, २०८३
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक्तीकरणका सवाल उठाउँदै नगरस्तरीय किशोरी सञ्जालको नेतृत्वमा नगर प्रमुख र उपप्रमुखलाई मागपत्र बुझाइएको छ। विभिन्न किशोरी समूह र बाल क्लबबाट सहभागी भएका १६३ जना किशोरी तथा बालबालिकाहरू नगरस्तरीय किशोरी सञ्जालको नेतृत्वमा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ र उपप्रमुख मान्ती साह समक्ष पुगेका थिए।

कार्यक्रममा नगरस्तरीय किशोरी सञ्जालकी अध्यक्ष साक्षी साहले किशोरीहरूको तर्फबाट तयार गरिएको मागपत्र वाचन गर्दै नगरपालिकाले आगामी योजना, नीति र बजेटमा किशोरीका सवाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।

मागपत्रमा बालविवाह रोकथाम तथा बालविवाहमुक्त अभियान, विद्यालय छोडेका किशोरीहरूको तथ्यांक संकलन र पुनः विद्यालय भर्ना सहयोग, जोखिममा रहेका किशोरीका लागि छात्रवृत्ति तथा शैक्षिक सामग्री, किशोरीमैत्री विद्यालय वातावरण, दाइजो प्रथा अन्त्य अभियान, किशोरी सञ्जाललाई मान्यता र योजना प्रक्रियामा किशोरी सहभागिता, मानसिक स्वास्थ्य तथा परामर्श सेवा, डिजिटल सुरक्षा तालिम, गोप्य उजुरी तथा सुरक्षा आवासको व्यवस्था र बालिका तथा किशोरीको सवालमा वार्षिक बजेट तथा सार्वजनिक अनुगमन जस्ता विषय समेटिएका छन्।

मागपत्र बुझ्दै नगर प्रमुख श्याम कुमार श्रेष्ठ र उपप्रमुख मन्ती साहले किशोरीहरूले उठाएका सवालहरू नगरपालिकाका लागि महत्वपूर्ण भएको बताउनुभयो। नगर प्रमुख श्रेष्ठले किशोरीहरूको मागलाई आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाको नीति, योजना र बजेट निर्माण प्रक्रियामा बालबालिका तथा किशोरीका मुद्दालाई थप प्राथमिकताका साथ समेटिने बताउनुभयो। उपप्रमुख मान्ती साहले किशोरीहरूको शिक्षा, सुरक्षा र सशक्तीकरणका लागि नगरपालिकाले आवश्यक समन्वय गर्ने बताउँदै बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा तथा विद्यालय छोड्ने समस्याजस्ता विषयमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

May be an image of one or more people, motorcycle, street and text

कार्यक्रममा सहभागी किशोरीहरूले “हाम्रो शिक्षा नरोकियोस्, हाम्रो विवाह कानुनी उमेरअघि नगरियोस्, हाम्रो आवाज नगरपालिकाको योजनामा सुनियोस् र हाम्रो भविष्य सुरक्षित, सम्मानित र अवसरयुक्त बनाइयोस्” भन्ने साझा आग्रह प्रस्तुत गरेका थिए। मागपत्र हस्तान्तरण कार्यक्रमका लागि मुक्ति नेपालले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रमले किशोरीहरूको नेतृत्व, सहभागिता र स्थानीय सरकारसँग प्रत्यक्ष संवाद गर्ने अभ्यासलाई थप बलियो बनाएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१