Siraha Times
ताजा समाचार

कृष्णनगरबाट कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • जेठ २७, २०८३
  • ४८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। २०६२ साल साउन २० मा दिननाथ उपाध्यायको जाहेरीले प्रतिवादी राम जस मुराउ समेत ३ जना प्रतिवादीहरुलाई इ.प्र.का.कृष्णनगर कपिलवस्तुमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई उक्त मुद्दामा निज प्रतिवादी राम जस मुराउ फरार रहेका थिए। 

२०६३कार्तिक २५ गते जिल्ला कपिलवस्तु साविक बहादुरगंज गा.वि.स. वडा नं. १ स्थितमा प्र.ज नविन गुरुङलाई गोली हानी कर्तव्य गरेको ज्यान मुद्दामा संलग्नता रहेको भनि निज प्रतिवादी पक्राउ परि १०,०००।- (दश हजार) धरौटिमा छुटेको र ज्यान मार्ने उद्योग कसुर मुद्दामा मिति २०६३माघ २२ गतेको कपिलवस्तु जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद सजाय तोकेको र कर्तव्य ज्यान कसुर मुद्दामा मिति २०६५ माघ ६ गतेको जिल्ला अदालतको फैसलाले २० बर्ष जन्म कैदको सजाय भई जिल्ला कारागार कार्यालय कपिलवस्तुमा पठाईएको थियो । 

मिति २०६६ माघ १ गते कारागार कार्यालय तौलिहवा कपिलवस्तुबाट सुरुङ खनी आफू सहित ८ जना कैदीबन्दीहरु भागे,भगाएको कसुरमा मिति २०६८ जेष्ठ १० गतेको जिल्ला अदालतको फैसलाले निजलाई २५ वर्ष ३ महिना ३ दिन कैद सजाय तोकिएको थियो । कर्तव्य ज्यान मु.द.नं.९५ (९८-०६७-००१२८) मुद्दामा जिल्ला अदालतको फैसला उपर तत्कालिन पुनरावेदन अदालत बुटवल ईजलासको मिति २०६९असोज १५ गतेको फैसलामा निजलाई कैद लगत संशोधन गरी २० बर्ष कैद हुने गरी फैसलाभएको थियो। मिति २०८२ भाद्र २४ गते जेन्जी आन्दोलनको सिलसिलामा नख्खु कारागार कार्यालयबाट भागी फरार रहेका दिए। 

खोज तलासका क्रममा २०८३ जेष्ठ २४ गते इलाका प्रहरी कार्यालय कृष्णानगरबाट खटि गएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कुकुरभुकुवा स्थितमा फेला पारी निजलाई रितपुर्वक पक्राउ गरी मिति २०८३ जेष्ठ २५ गते कपिलवस्तु जिल्ला अदालतमा पेश गरी कारागार कार्यालय कपिलवस्तुमा पठाईएको इलाका प्रहरी कार्यालय कृष्णानगरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१