Siraha Times
ताजा समाचार

अत्यन्तै विपन्न अवस्थामा रघुनी मण्डलको परिवार, घर निर्माण तथा सहयोगका लागि अपिल

  • जेठ २५, २०८३
  • ६१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान, २५ जेठ । धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोल निवासी रघुनी मण्डलको परिवार आर्थिक अभाव र कठिन जीवन संघर्षका बीच दिन बिताउन बाध्य भएको छ। स्थानीय स्रोतका अनुसार मण्डल परिवारको अवस्था अत्यन्तै दयनीय रहेको पाइएको छ।

सहकर्मी अमारुल्लाह राईनले उपलब्ध गराएको जानकारीअनुसार रघुनी मण्डलको घरमा दुई छोरी, एक छोरा तथा बिरामी श्रीमती रहेका छन्। परिवारको नाममा रहेको जम्मा १ धुर जग्गामा जीर्ण अवस्थाको बासस्थान रहेको छ, जहाँ बस्नसमेत निकै कठिन रहेको बताइएको छ।

रघुनी मण्डल दैनिक जीविकोपार्जनका लागि बिहानै मजदुरी गर्न निस्कने र राति मात्र घर फर्कने गर्छन्। मजदुरीबाट प्राप्त हुने सीमित आम्दानीले परिवारको दैनिक खर्च धान्न समेत समस्या भइरहेको छ। यता, उनकी श्रीमती लामो समयदेखि बिरामी भई घरमै थलिएकी छन्।

घरको छानो जीर्ण अवस्थामा रहेकाले वर्षायाममा पानी चुहिने र घाम तथा हावाहुरीबाट जोगिन समस्या हुने गरेको स्थानीयले बताएका छन्। खाने अन्न, सुरक्षित आवास तथा आधारभूत आवश्यकतासमेत अभाव रहेको जनाइएको छ।

मानवताका नाताले रघुनी मण्डलको परिवारका लागि घर निर्माण तथा आवश्यक आर्थिक एवं सामग्री सहयोग उपलब्ध गराइदिन स्थानीयवासी, समाजसेवी, संघसंस्था तथा दयालु मन भएका सहयोगीहरूलाई अपिल गरिएको छ। विपन्न अवस्थाको यो परिवारलाई समयमै सहयोग जुट्न सके जीवनयापनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१