लालु चौधरी कपिलवस्तु, जेठ २४ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना तथा विजयनगर गाउँपालिकाको सहयोगमा पत्रकारहरूका लागि दुई दिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। जेठ २२ र २३ गते सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा कृत्रिम बुद्धिमत्ताको परिचय, पत्रकारितामा AI को प्रयोग, समाचार संकलन तथा लेखनमा AI का सम्भावना र चुनौती, तथ्य परीक्षण (फ्याक्ट चेकिङ), डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
तालिमको उद्देश्य पत्रकारहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै समाचार सम्प्रेषणलाई थप प्रभावकारी, छिटो र गुणस्तरीय बनाउन सहयोग पुर्याउनु रहेको बताइएको छ। सहभागीहरूले AI सम्बन्धी व्यवहारिक अभ्याससमेत गरेका थिए। कार्यक्रमको समापनमा आयोजक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूले पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूलाई नयाँ सीप र ज्ञान आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved