Siraha Times
ताजा समाचार

विकासप्रेमी वडाध्यक्ष अमित ठकुरीद्वारा मधेशका मुख्यमन्त्रीसँग भेट: बजेटमा खानेपानी, सडक र उदयपुर जोड्ने योजना समेट्न माग

  • जेठ २३, २०८३
  • ४२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

​विनोद अविरल सिराहा, २३ जेठ । ​सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ का विकासका अग्रणी तथा चर्चित वडाध्यक्ष अमित ठकुरीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई प्रत्यक्ष भेट गरी आफ्नो वडाको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा वडाध्यक्ष ठकुरीले वडाका आधारभूत आवश्यकता र रणनीतिक योजनाहरूलाई प्रदेशको बजेटमा समेट्न जोडदार माग गर्नुभएको हो ।

भेटघाटका क्रममा वडाध्यक्ष ठकुरीले वडाभित्रको खानेपानी, सडक पूर्वाधार, विद्युतीकरण, ऐलानी जग्गाको व्यवस्थापन, विभिन्न स्थानमा सामुदायिक भवन निर्माण, शिक्षा, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा पर्यटन प्रवर्द्धनका बहुआयामिक योजनाहरू समेटिएको विस्तृत मागपत्र मुख्यमन्त्रीसमक्ष पेस गरेका हुन । ​ ​विशेष गरी वर्षायामको समयमा धनगढीमाई–१४ का दुर्गम क्षेत्रहरूमा आवतजावत गर्न नागरिकले भोग्नुपरिरहेको सास्तीबारे उहाँले मुख्यमन्त्रीलाई अवगत गराउनु भएको हो ।

भौगोलिक रूपमा विकट मानिएका मागन र गागन क्षेत्रको समसामयिक वस्तुस्थिति र नागरिकका समस्याबारे विस्तृत जानकारी गराउँदै उहाँले वर्षात्‌को समयमा हुनसक्ने सम्भावित संकट टार्न तत्काल पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्नु भएको थियो । ​यस्तै, सिराहा र छिमेकी जिल्ला उदयपुरलाई जोड्ने रणनीतिक सडक सञ्जाल तथा आवश्यक पूर्वाधार निर्माणका लागिसमेत उहाँले मुख्यमन्त्रीको विशेष ध्यानाकर्षण गराउनुभएको छ । यो मार्ग निर्माण भएमा दुवै जिल्लाको व्यापारिक, आर्थिक तथा सामाजिक सम्बन्धमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

​"वडाध्यक्ष अमित ठकुरी 'गफ कम, काम धेरै' गर्ने जनप्रतिनिधि हुनुहुन्छ । आफ्नो व्यक्तिगत प्रचारबाजीभन्दा पनि उहाँ निरन्तर वडाको चौतर्फी विकासमा अहोरात्र खटिरहनुभएको छ," स्थानीय आमबासी बताउँछन् । ​आफ्नो कार्यकाल सुरु भएदेखि नै वडालाई समृद्ध बनाउने अभियानमा लागेका ठकुरीले यसपटक प्रदेश सरकारकै तहबाट ठूला र दीर्घकालीन योजनाहरू भित्र्याउन यो महत्त्वपूर्ण पहलकदमी लिनुभएको हो ।

वडाको समग्र विकास, सडक सञ्जालको विस्तार, विद्युतीकरण र ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि उहाँले चालेको यो कदमलाई स्थानीय स्तरमा निकै प्रसंशनीय र सकारात्मक रूपमा हेरिएको छ । ​भेटघाटको अन्त्यमा, मुख्यमन्त्रीले वडाध्यक्ष ठकुरीद्वारा प्रस्तुत गरिएका योजनाहरू जनसरोकारका अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण रहेको स्वीकार गर्नुभएको छ । उहाँले यी मागहरूलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उचित सम्बोधन गर्न सकारात्मक पहल गर्ने आश्वासन दिनुभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

जनता समाजवादी पार्टी ...

ओम प्रकाश यादव लहान जेष्ठ २३ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला समितिले जिल्लाभित्रका ...

सिरहामा विकासप्रेमी ...

विनोद अविरल,जेठ २३ । राष्ट्रिय राजनीतिमा राम्रो पकड भएका र छोटो समयमै नेपाल विद्यार्थी संघ (नेविसंघ) ...

एनआरएनए कतारमा एकता ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारमा लामो समयदेखि जारी विवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१