Siraha Times
ताजा समाचार

जनता समाजवादी पार्टी नेपालद्वारा १७ वटै पालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

  • जेठ २३, २०८३
  • ५६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेष्ठ २३ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला समितिले जिल्लाभित्रका १७ वटै पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्देशनअनुसार आयोजना गरिएको हो।

सिरहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षा हलमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश, पालिका तथा जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको वर्तमान संगठनात्मक अवस्था, संरचना सुदृढीकरण, जनप्रतिनिधिहरूको भूमिका तथा आगामी निर्वाचनको तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी जनप्रतिनिधिहरूले आ–आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, चुनौती तथा जनअपेक्षासम्बन्धी अनुभवहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष अशोक यादव ले गरेका थिए। उनले पार्टीलाई संगठनात्मक रूपमा अझ मजबुत बनाउँदै जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। मुख्य वक्ताका रूपमा केन्द्रीय समन्वय समिति सदस्य अशेश्वर यादव ले पार्टी संगठनलाई बलियो बनाउँदै जनतासँगको प्रत्यक्ष सम्बन्ध सुदृढ गर्न जनप्रतिनिधिहरूको भूमिकामा जोड दिएका थिए।

त्यसैगरी विशिष्ट वक्ताहरू केन्द्रीय समन्वय समिति सदस्य चन्देश्वर पासमान तथा मधेश प्रदेश सभा सदस्य संजिला यादव ले पनि आफ्ना धारणा राख्दै पार्टीको नीति, सिद्धान्त र जनआधारित राजनीतिक अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन जनप्रतिनिधिहरूको सक्रियता आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आगामी दिनमा पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। जसपा नेपाल सिरहा जिल्ला समितिले यस्ता कार्यक्रमहरूले पार्टी र जनप्रतिनिधिबीच समन्वय, सहकार्य तथा संवादलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। कार्यक्रमले स्थानीय तहमा पार्टीको उपस्थिति सुदृढ गर्दै नीति–निर्माण र जनसेवाबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानको हरेक कुनाले भ ...

लहान । बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड ब ...

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१