Siraha Times
ताजा समाचार

विश्व वातावरण दिवस २०८३ गोबराहा सामुदायिक वनमा भव्य रूपमा सम्पन्न

  • जेठ २३, २०८३
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेष्ठ २३ । “Inspired by Nature. For Climate. For Our Future.” भन्ने मूल नारासहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । खडक नगरपालिका–०४ स्थित गोबराहा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा “विश्व वातावरण दिवस २२ जेठ २०८३ (५ जुन २०२६)” भव्य रूपमा सम्पन्न भएको छ। “प्रकृतिबाट प्रेरित। जलवायुको लागि। हाम्रो भविष्यको लागि।” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रम वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको थियो।

कार्यक्रम गोबराहा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्म नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभास चन्द्र दास उपस्थित रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिहरूमा खडक नगरपालिकाकी उपप्रमुख रिता चौधरी, वडा नं. ४ का वडा अध्यक्ष गङ्गा राम चौधरी, जिल्ला वन महासंघ नेपालका अध्यक्ष देव नारायण साह, नगर वन महासंघका अध्यक्ष सूर्य नारायण चौधरी, कल्याणपुर सब डिभिजन वन कार्यालय सप्तरीका प्रमुख पिंकी मेहता तथा रेन्जर सुधन गैरे लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरू दहन लाल चौधरी, सबुर लाल चौधरी, मो. कलिम मिया, उपेन्द्र चौधरी, गौतम चौधरी, देवकान्त चौधरी, चन्द्रकान्त चौधरी, हाजी इद्रिस मिया, मो. सद्रुल मिया, श्याम प्रसाद चौधरी, योगेन्द्र चौधरी लगायतको सहभागिताले कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य गोबराहा सामुदायिक वन उपभोक्ता समूहका सचिव भोला प्रसाद चौधरीले गरेका थिए। उनले वन संरक्षण, सामुदायिक सहभागिता र दिगो विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रम सञ्चालन प्रमोद थारुले गरेका थिए। उनले आफ्नो सशक्त र प्रभावकारी उद्घोषणमार्फत कार्यक्रमलाई अन्तसम्म अनुशासित, सान्दर्भिक र आकर्षक बनाइराख्न सफल भएका थिए। यस अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्या।उने तीन जनालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा रमाइन कुमारी चौधरी, निर्मला कुमारी सरदार र शिव नारायण दास ताती रहेका थिए। उनीहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गर्दै समाज तथा वातावरण संरक्षणमा पुर्याकएको योगदानको कदर गरिएको थियो।

कार्यक्रमको प्रमुख आकर्षण वृक्षारोपण अभियान रहेको थियो। कार्यक्रममा ६०० वटा आँप, ५० वटा लिची, ५० वटा कागती, २५ वटा अनार र १५ वटा मेवाका बिरुवा रोपेर वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित वृक्षारोपण गरिएको थियो। सहभागीहरूले वृक्षारोपणलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले जलवायु परिवर्तनको असर, वन विनाश रोकथाम, हरियाली विस्तार तथा सामुदायिक वनको भूमिका सम्बन्धमा जोड दिएका थिए। उनीहरूले वातावरण संरक्षण केवल सरकारी दायित्व नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताएका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै गोबराहा सामुदायिक वन क्षेत्र हरियाली प्रवर्द्धन र वातावरणीय चेतना विस्तारको उदाहरणीय स्थलका रूपमा स्थापित भएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१