Siraha Times
ताजा समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए स्वास्थ्य सेवा

  • जेठ २२, २०८३
  • ५२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,कलैया २२ जेठ। कोल्हवी नगरपालिकाको आयोजना तथा नेशनल मेडिकल कलेज वीरगञ्जको प्राविधिक सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ३६६ जना बिरामी लाभान्वित भएका छन्। शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग र छाला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए। कार्यक्रममा कोल्हवी नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहान, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रजकिशोर चौधरी, डा. बनारसीलाल कसारी, डा. सन्तोष झा, डा. ओमप्रकाश तथा डा. नीलमणि प्रियदर्शीलगायतको सक्रिय सहभागिता रहेको थियो। यसै अवसरमा कोल्हवी नगरपालिका र नेशनल मेडिकल कलेज वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख रामप्रसाद चौधरी र मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहानले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार कोल्हवी नगरपालिकाका नागरिकहरूले नेशनल मेडिकल कलेजमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन्। साथै, नियमित निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम तथा सामुदायिक स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्न दुवै पक्षबीच सहकार्य गरिने जनाइएको छ। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा नागरिकसम्म पुर्‍याउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१