Siraha Times
ताजा समाचार

ग्रामीण महिलालाइ अचार बनाउने तालिम

  • जेठ २१, २०८३
  • ५७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज, जेष्ठ २१ । ग्रामिण महिलाहरूलाइ आवश्यक सिप प्रदान गरेर व्यवसायिक रूपमा आत्मनिर्भर बनाउने, तथा उद्यमशिलता प्रर्वद्धन गर्ने उद्देश्यले तिनदिने अचार बनाउने तालिम आजदेखि राजविराजमा सुरू भएको छ । ग्रामिण महिलाका लागि आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत, सप्रोस नेपालबाट तालिमको आयोजना गरिएको हो । यस तालिममा तिलाठी कोइलाडी गाउँपालिकाबाट १० जना र छिन्नमस्ता गाउँपालिकाबाट २० जना गरी ३० जना ग्रामीण महिलाहरू यस अचार बनाउने तालिममा सहभागि भएका छन् ।

यस तालिमका एक सहभागी छिन्नमस्ता गाउँपालिका वडा नं ५ कि गिता मेहेतालाइ अचार बनाउने सिप सिकेर आफु आत्मनिर्भर बन्ने कुरामा विश्वास बढेको छ । "अब म आफै विभिन्न प्रकारका अचार बनाएर पैसा कमाउँछु र अचार व्यवसायि बन्छु" मेहेताले भन्निन् । ग्रामीण महिलाहरूको सिप विकास गरेर तिनिहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने र महिलाहरूको आर्थिक निर्णयमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यस तालिमको आयोजना गरिएको सप्रोस नेपालका सामाजिक-आर्थिक सुपरभाइजर बिमला न्यौपानेले बताइन् ।

स्थानिय उत्पादनमा आधारित विभिन्न प्रकारका अचार बनाएर अन्य महिलाहरू पनि आर्थिक रूपमा आफुहरू सक्षम हुने बताउँछन् । यस तालिममा तिन प्रकारका टमाटर, करेला र आँपको अचार बनाउन महिलाहरूले सिकिरहेका छन् । अहिले आँपको सिजन भएकोले आँपको अचारको बजारमा धेरै माग रहेको छ । यस तालिममा अचार उत्पादन, प्रशोधन, सरसफाइ तथा गुणस्तर व्यवस्थापन, प्याकेजिङ, ब्रान्डीङ तथा बजारीकरण सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक विषयहरूमा ज्ञान प्रदान गरिरहेको तालिमका प्रशिक्षक तथा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका खाद्य अनुशन्धान अधिकृत सञ्जय खड्काको भनार्इ छ । उहाँले यस तालिममा अभ्यास मार्फत महिलाहरूको क्षमता विकास गरिरहेको बताए ।

साथै, यस तालिममा व्यवसाय दर्ता, साना उद्यम दर्ता तथा कानुनी प्रक्रियाका बारेमा पनि जानकारी प्रदान गरिने बताए । त्यस्तैगरी, ग्रामिण महिलाका लागि आर्थिक सशक्तिकरण परियोजनाका सामाजिक परिचालक घुर्नि मण्डलले यस परियोजनाबाट समुहमा नवपर्वतनिय व्यवसायिक कार्य सिकाइ पद्भतिद्धारा महिलाहरूलाइ व्यवसायिक योजना बनाउने तथा बजारिकरणका लागि आवश्यक सिप प्रदान गरिरहेको बताइन् ।

त्यसैगरी, यस परियोजना अन्तर्गत गठन गरिएको समुहका महिलाहरूलाइ वित्तिय साक्षरता र लैङ्गिक कार्य सिकाइ पद्धति मार्फत वित्तिय व्यवस्थापन, आयआर्जन, आर्थिक निर्णयमा सहभागिता अभिवृद्धि, नेतृत्व विकास लगायतका क्षेत्रमा क्षमता विकास गरिरहेको सामाजिक परिचालक श्रृजना मण्डलको भनार्इ छ ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१