ताजा समाचार

चिनियाँ कम्पनीले बढायो लहान फ्लाई ओभर निर्माणको गति: आन्दोलन र दबाबपछि काम सुरु

  • जेठ १७, २०८३
  • ५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​लहान, जेठ १७ गते । पटक–पटकको ताकेदा, दबाब र स्थानीय बासिन्दाको निरन्तर आन्दोलनपछि अन्ततः पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान बजारको मुख्य चोकमा निर्माण भइरहेको फ्लाई ओभर (आकासे पुल) को कामले गति लिएको छ ।

​सिरहाको व्यापारिक केन्द्र लहानको मुख्य चोकमा निर्माणाधीन सो फ्लाई ओभरको काम लामो समयदेखि सुस्त गतिमा हुँदा स्थानीय व्यवसायी, पैदलयात्री र सवारी चालकहरूले निकै सास्ती खेप्दै आएका थिए । धुलो, हिलो र घण्टौंसम्म हुने ट्राफिक जामका कारण आजित भएका स्थानीयबासी र सरोकारवालाहरूले केही समयदेखि निर्माण कार्य छिटो सक्न माग गर्दै आन्दोलन गरिरहेका थिए ।

​"पटक-पटक ठेकेदार कम्पनीलाई ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि हामी सडकमा उत्रिन बाध्य भएका थियौं," एक स्थानीय व्यवसायीले भने, "अहिले आन्दोलनको दबाबपछि चिनियाँ निर्माण कम्पनीले कामदार र मेसिनरी थपेर काममा केही तीव्रता दिएको देखिएको छ ।" ​निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी (चाईना कम्पनी) ले अहिले मुख्य चोक क्षेत्रमा जग खन्ने, पिलर उठाउने र निर्माण सामग्री व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

​हाईवेको बीच भागमै अलपत्र परेको निर्माण कार्यले गति लिएसँगै लहानबासीमा समयमै आयोजना सम्पन्न हुने आशा पलाएको छ । यद्यपि, निर्माण कार्यलाई यही गतिमा निरन्तरता दिन र वर्षायाम सुरु हुनुअघि नै सर्वसाधारणलाई सहज हुने गरी सडक डाइभर्सन र नालाको उचित व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤