Siraha Times
ताजा समाचार

१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना

  • जेठ ११, २०८३
  • ४०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खानेपानी ट्याङ्की विगत १८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । दुई दशक पुग्न लाग्दा समेत ट्याङ्की निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दाहरू शुद्ध खानेपानीको गम्भीर संकट भोग्न बाध्य भएका छन् । ​

स्थानीय निकाय र सरोकारवाला निकायको चरम लापरबाहीका कारण सो खानेपानी आयोजना अलपत्र परेको स्थानीयको आरोप छ । ​ ​मुक्सार गाउँमा शुद्ध खानेपानी पुर्‍याउने उद्देश्यका साथ १८ वर्षअघि ट्याङ्की निर्माणको काम थालिएको थियो । तर, निर्माण कार्यले गति लिन नसक्दा र बीचमै काम रोकिएपछि अहिले सो संरचना झाडीमा परिणत भएको छ । ट्याङ्की अधुरै रहँदा स्थानीय बासिन्दाहरू इनार, कल र असुरक्षित स्रोतको धमिलो पानी पिउन विवश छन्, जसका कारण वर्खायाममा पानीजन्य रोगहरूको जोखिम समेत बढेको छ । ​

"१८ वर्ष भइसक्यो ट्याङ्की ठडिएको, तर एक थोपा पानी खान पाइएको छैन । नेताहरू आउँछन्, आश्वासन दिन्छन्, तर हाम्रो तिर्खा मेटिने कुनै छाँटकाँट छैन," एक स्थानीयले आक्रोश पोखे । ​ ​लाखौँको लागतमा सुरु गरिएको यो योजना यसरी अलपत्र पर्नुले सरकारी बजेटको दुरुपयोग मात्र देखाउँदैन, नागरिकको मौलिक हक (स्वच्छ खानेपानी पाउने अधिकार) माथि समेत खेलबाड भइरहेको पुष्टि गर्छ ।

​स्थानीयहरूले गोलबजार नगरपालिका, खानेपानी डिभिजन कार्यालय र सम्बन्धित जनप्रतिनिधिहरूलाई तत्काल यो अलपत्र आयोजनाको छानबिन गरी पुनर्निर्माण कार्य अगाडि बढाउन र गाउँमा पानीको व्यवस्था गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्झनामा सप्तरीको खडक ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१