Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी–५ मा रास्वपाको प्रथम वडा अधिवेशन सम्पन्न, श्याम कुमार यादवको नेतृत्वमा नयाँ समिति चयन

  • जेठ ८, २०८३
  • ८०६ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, ८ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ स्थित बि.एम. इंगलिश बोर्डिंग स्कूलको प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन श्याम कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनमार्फत वडा तहमा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तार, सुशासन र जनमुखी कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

अधिवेशनबाट श्याम कुमार यादव वडा सभापतिमा चयन भएका छन्। त्यसैगरी सुभान मो. सुभान मियाँ उपसभापति, नितिश कुमार यादव सचिव तथा ममता कुमारी ताँती कोषाध्यक्षमा चयन भएका छन्। यस्तै सदस्यहरूमा अमित कुमार यादव, सपना कुमारी ठाकुर, राम उद्देश यादव, अजय कुमार चौधरी तथा सोविता कुमारी दास चयन भएका छन्। यसरी नौ सदस्यीय वडा समिति गठन गरिएको जनाइएको छ। कार्यक्रममा रास्वपा मधेस प्रदेश कमिटीका सदस्यहरू संजय पूर्वे, दिपक कुमार साह तथा राम कुमार यादव को सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै नव-निर्वाचित वडा सभापति श्याम कुमार यादव ले आफ्नो नेतृत्वको वडा समितिले सुशासन कायम गर्ने, भ्रष्टाचार उन्मूलनमा जोड दिने तथा जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संगठन विस्तारलाई पनि प्राथमिकतामा राखेर निरन्तर सक्रिय रहने बताए।

उनले सरकारका गतिविधिमाथि निगरानी राख्दै समुदायस्तरका हरेक सामाजिक तथा विकाससम्बन्धी गतिविधिमा सकारात्मक भूमिका निर्वाह गर्ने धारणा राखे। कार्यक्रममा अतिथिको रूपमा बोल्दै राम कुमार यादव ले जनताको चाहना र जनबोलीको सम्मान गर्दै पार्टी अघि बढिरहेको बताए।

उनले देश परिवर्तनका लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउँदै आम नागरिकलाई सक्रिय सहभागिताका लागि अपिल गरे। स्थानीय स्तरमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दालाई केन्द्रमा राखेर सम्पन्न भएको उक्त अधिवेशनलाई रास्वपाको वडा तह विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१