Siraha Times
ताजा समाचार

दाइजो र बालविवाहविरुद्ध सशक्त सन्देश: उदाहरणीय विवाहपछि नवदम्पतीलाई मुक्ति नेपालको सम्मान

  • वैशाख १९, २०८३
  • १०८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक जोडीले उदाहरणीय विवाह गरेका छन्। गोलबजार नगरपालिका–६ निवासी तथा मुक्ति नेपाल, गोलबजारमा शान्ति स्वयंसेवकका रूपमा सक्रिय श्रृजना कुमारी यादव (बुवा: अधिवक्ता प्रदिप कुमार यादव, आमा: शिक्षक शिव कुमारी यादव) ले औरही गाउँपालिका–३ करहर्वा निवासी राकेश कुमार यादव (बुवा: प्रदिप कुमार यादव, आमा: भुल्ली देवी यादव) सँग वैवाहिक जीवनको सुरुवात गर्नुभएको हो।

दाइजो रहित र कानुनी उमेरपछि सम्पन्न यस विवाहलाई स्थानीय समुदायले सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएको छ। परम्परागत कुरीतिलाई चुनौती दिँदै गरिएको यो निर्णयले विशेषगरी युवापुस्तामा सचेतना फैलाउने अपेक्षा गरिएको छ।

यसैबीच, मुक्ति नेपालले नवविवाहित दम्पतीलाई उनीहरूको निवासमै पुगेर सम्मान गरेको छ। संस्थाका प्रतिनिधिहरूले यस्तो साहसिक र प्रेरणादायी कदमले समाजमा व्याप्त हानिकारक प्रथाहरू अन्त्य गर्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

“यस्ता उदाहरणहरूले समाजलाई सही दिशातर्फ डोर्‍याउँछन्,” मुक्ति नेपालका प्रतिनिधिले भने, “यो केवल एक विवाह मात्र होइन, सामाजिक रूपान्तरणको सशक्त सन्देश हो।”

मुक्ति नेपाल परिवारले नवदम्पतीको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सुखद वैवाहिक जीवनको कामना व्यक्त गरेको छ। साथै, यस किसिमका सकारात्मक अभ्यासले दाइजो र बालविवाहविरुद्धको अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले २४ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालनमा ल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१