Siraha Times
ताजा समाचार

सप्तरी निवासी सव-इन्जिनियर प्रज्जवल साहले गरे दाइजो मुक्त विवाह

  • वैशाख १०, २०८३
  • १२०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनादेवी साहका सुपुत्र सव-इञ्जिनियर प्रज्जवल बिक्रम साह र राैतहटकाे राजपुर नगरपालिका- ४ का विमन साहकी सुपुत्री स्नातक तह अध्ययनरत तथा शिक्षक संगिता कुमारी साहकाे यहीँ बैसाख ७ गते रात्री लगनमा दाइजो मुक्त विवाह सम्पन्न भएकाे छ ।

नवविवाहित बरबधुलाई बधाई दिदै सप्तरी क्षेत्र ४ का प्रतिनिधि सभा सदस्य सिताराम साहले मधेसी समुदायमा जडाे गाडेर रहेकाे दाइजाे प्रथा अन्त्यका लागि याे कार्य भएकाे बताएका छन् । उनले समाजकाे क्यान्सरकाे रूपमा रहेकाे दाइजाे प्रथा अन्त्यका लागि यी यस्तै युवा पुस्ताकाे भूमिका महत्वपूर्ण रहेकाे बताएका हुन् । आमाबुवाले पनि आ-आफ्ना छाेराछाेरीकाे विवाहमा दाइजाे लेनदेन गर्नु दण्डनीय भएकाे बुझ्नु अपरिहार्य छ । दाइजाे प्रथा अन्त्यकाे शुभारम्भ भइसकेकाेले मधेसबाट याे कुप्रथा निर्मूल पार्न सबैकाे याेगदान अपरिहार्य भएकाे सांसद साहकाे भनाइ छ ।

यसैबीच प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने बताएकी थिइन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाहका निमन्त्रणापत्रमा अनिवार्य रूपमा ‘दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न समेत आग्रह गरेकी छन्। इन्जिनियर प्रज्जवल साह र शिक्षिका संगिता कुमारी साहकाे नव विवाहीत जोडीले समाजमा राम्रो सन्देश दिइएको छ।

प्रतिक्रिया दिनुहोस

लहानको हरेक कुनाले भ ...

लहान । बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड ब ...

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१