Siraha Times
ताजा समाचार

बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि सिरहामा ट्राफिक प्रहरीको सक्रियता : महेशवारीमा रोड शो

  • वैशाख ९, २०८३
  • ३४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको पहलमा अस्थायी ट्राफिक प्रहरी कार्यालय महेशवारी द्वारा लहान–ठाडी सडक खण्ड अन्तर्गत महेशवारी क्षेत्रमा सवारी चालकहरूलाई लक्षित गर्दै रोड शो कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा सवारी चालकहरूलाई ट्राफिक नियमसम्बन्धी व्यवहारिक जानकारी दिँदै सडक सुरक्षा प्रति सचेत बनाउने प्रयास गरिएको थियो। कार्यक्रमको उद्देश्य दुर्घटना नियन्त्रण गर्नुका साथै जनताको जिउ–धनको सुरक्षा सुनिश्चित गर्नु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख इन्स्पेक्टर शालिकराम तिमल्सिनाले बताए।

रोड शो कार्यक्रमलाई अझ प्रभावकारी र आकर्षक बनाउन महेशवारी ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) महेश थापाले रोचक शैली अपनाएका थिए। उनले हँसाउँदै–खेलाउँदै चालकहरूलाई ट्राफिक नियम बारे जानकारी गराउँदै सहभागीहरूको मन जित्न सफल भएका थिए।

केही दिनयता जिल्लामा सडक दुर्घटनाका घटनाहरू बढ्न थालेपछि ट्राफिक प्रहरीको ध्यानाकर्षण भएको हो। त्यसलाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रमहरूलाई तीव्रता दिइएको बताइएको छ।

इन्स्पेक्टर तिमल्सिनाको नेतृत्वमा सिरहामा ट्राफिक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। उनले विद्यालय तथा कलेजहरूमा पुगेर ट्राफिक शिक्षा कक्षा सञ्चालन गर्ने, जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वय गर्ने र गाउँ–टोलसम्म जनचेतना फैलाउने अभियानलाई निरन्तरता दिएका छन्।

ट्राफिक नियमको पालना र जनचेतना अभिवृद्धि मार्फत सुरक्षित सडक वातावरण निर्माण गर्ने लक्ष्यसहित ट्राफिक प्रहरीको सक्रियता आगामी दिनमा अझ सशक्त बन्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१