Siraha Times
ताजा समाचार

कर्जन्हा नगरपालिकामा पालिका स्तरीय एकीकृत कुपोषण व्यवस्थापन (IMAM) ३ दिने तालिम शुभारम्भ

  • वैशाख ८, २०८३
  • ५३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले दलित विकास मञ्च (DDF) गोलबजार,सिराहाको अायाेजना र हेलेन केलर ईन्टरनेशनलकाे आर्थिक सहयोग एवं कर्जन्हा नगरपालिकाको समन्वयमा आयोजना गरिएको छ,एकीकृत कुपोषण व्यवस्थापन (IMAM) तालिम आज मिति २०८३/०१/०८ देखि औपचारिक रूपमा शुभारम्भ भएको छ।उद्घाटन सत्रमा अध्यक्षता: श्री भोला प्रसाद पोखरेल, नगर प्रमुख, कर्जन्हा नगरपालिका प्रमुख/ विशिष्ट अतिथि श्री रामाश्रय यादव, प्रमुख प्रशासकीय अधिकृत, कर्जन्हा नगरपालिकाअतिथि/एवं प्रशिक्षकहरू: नगर स्वास्थ्य संयोजक/स संयोजक तथा अन्य सरोकारवाला निकायहरू साथै उक्त कार्यक्रममा निम्न बमोजिमका सहभागी हरु थिए स्वास्थ्य संस्था प्रमुखहरू स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

यस तालिममार्फत स्वास्थ्यकर्मीहरूलाई कुपोषण पहिचान उपचार तथा व्यवस्थापन समुदायस्तरमा प्रभावकारी सेवा प्रवाह सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गरिनेछ।तालिम सफलताको कामनासहित सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद तथा शुभकामना। स्वस्थ समाज निर्माणका लागि पोषणमा लगानी गरौं। मुलनाराका साथ दलित विकास मञ्च सिरहाले १७ वटै पालिकामा जिवनका लागि पाेषण कार्यक्रम संचालन गरिरहेकेा संस्था का कार्यकारी निर्देशक संजय महराले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१