ताजा समाचार

मटियर्वामा डोजर चल्यो

  • चैत २४, २०७४
  • ९४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २४ चैत । मिर्चैया नगरपालिकाले सडक मापदण्ड भित्र पर्ने गरी अव्यवस्थित रुपले बनाईएका घरटहरा तथा पर्खाल भत्काउन सुरु गरेको हो । नगरपालिकाले बडा नं. ६ मटियर्वामा सडक फराकिलो गर्ने क्रममा सडकको दाँयाबायाँ तर्फ रहेका घरटहरा भत्काउन डोजर लगाईएको छ । सार्वजनिक सूचना जारी गरेपनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैले घर भत्काउन सुरु गरेका छन् ।

यसअधि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरेपनि स्थानियले बिरोध गरेपछि ३२ फिटमा सहमति भएपछि सोही अनुसार काम भईरहेको बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले बताए । पहिलो चरणमा मुनिजी चौकदेखि पशु कार्यालयसम्मका सडकलाई ३२ फिट चौडाई गरी दुवै तर्फ साढे ३ फिटको नाला निर्माण गर्ने योजना रहेको बडा अध्यक्ष साहको भनाई रहेको छ ।
सडक बिस्तार गर्ने क्रममा घरटहरा र पर्खालहरु भत्काईए पनि केहि ठुला संरचना परेकाले सम्बन्धित घरधनीलाई १५ दिनको समय दिईएको बडा नं. ६ का बडा सदस्य दिलिप साहले बताए । सडक बिस्तार कार्य थालनी गरेसँगै मापदण्ड मिचिएका संरचनाहरु भत्काउने क्रम जारी रहेको उनले बताए । यहि चैत २१ गतेदेखि सुरु गरिएको कार्य २०७५ जेष्ठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤