Siraha Times
ताजा समाचार

सिराहाको गोलबजारमा १६ करोडको सडक अलपत्र: खाल्डाखुल्डीमा जमेको पानीले स्थानीयको जनजीवन कष्टकर

  • वैशाख ८, २०८३
  • ३३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, बैशाख ८ । ​गोलबजार, सिराहा – मधेश प्रदेश सरकारको संसदीय कोषबाट निर्माण हुन लागेको सिराहाको गोलबजार नगरपालिका वडा नं १३, दुर्गापुरस्थित सडक निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयबासी सास्ती भोग्न बाध्य भएका छन् । करिब १६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडकको दयनीय अवस्थाले गर्दा वडा अध्यक्ष नन्द कुमार महतो चिन्तित बनेका छन् । ​

स्थानिय रामजानकी मन्दिर क्षेत्रदेखि बल्हिको सीमासम्म निर्माण भइरहेको करिब ३ किलोमिटर लामो सडक र त्यसको दायाँबायाँ बनाउनुपर्ने नालाको काम अहिले जर्जर अवस्थामा छ । निर्माण कम्पनीले सडक विस्तारका लागि खनेका खाल्डाखुल्डी र अपुरो नालाका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । विशेषगरी, खाल्डामा जमेको पानीले गर्दा आवतजावतमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

सडकको दुरावस्थाका विषयमा सम्बन्धित पक्षहरूबीच आरोप-प्रत्यारोप चलिरहेको छ: ​ निर्माण कम्पनीले स्थानीयबासीले काममा अवरोध पुर्‍याएको कारण काममा ढिलाई भएको दाबी गरेको छ । ​ परियोजनामा खटिएका इन्जिनियरका अनुसार सडकमा माटो हाल्ने काम सुरु भइसकेको छ । ​ वडा अध्यक्ष नन्द कुमार महतोले आफूले निर्माण कम्पनीलाई पटक-पटक तागेदा गरेको भए पनि कम्पनीले बजेट र सरकारको बहाना बनाएर काम पन्छाउँदै आएको बताएका छन् । उनले भने, "काममा ढिलाई हुँदा स्थानीयले मलाई नै दोष दिइरहेका छन्, तर म स्वयम् निर्माण कम्पनीको लापरबाहीबाट आजित छु ।" ​

सडक निर्माणका क्रममा सामान्य विवाद देखिए पनि स्थानीयबासीले सडकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सडकको हिलाम्य र खाल्डाखुल्डीयुक्त अवस्थाका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयले तत्काल सडक निर्माणको कार्यलाई तीव्रता दिन र सडकलाई सुरक्षित बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् । ​

लामो समयदेखि निर्माणाधीन उक्त सडकको अवस्थाले गर्दा विकास निर्माणका काममा हुने ढिलासुस्ती र त्यसले जनतामा पारेको नकारात्मक प्रभावलाई प्रष्ट पारेको छ । निर्माण व्यवसायीको कारण स्थानिय सास्तीमा परेका छन ।

प्रतिक्रिया दिनुहोस

लहानको हरेक कुनाले भ ...

लहान । बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड ब ...

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१