Siraha Times
ताजा समाचार

जिसस प्रमुख महतोको अध्यक्षमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सिरहामा सम्पन्न

  • वैशाख ७, २०८३
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, धनुषाको समन्वयमा सिरहा जिल्लामा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक (District Project Advisory Committee - DPAC) सम्पन्न भएको छ। सिरहास्थित कार्यक्रममा जिल्लामा सञ्चालन भइरहेका विभिन्न परियोजनाहरूको समीक्षा, प्रभावकारिता तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका सभापति दिनेश महतोले गर्नु भएको थियो। उहाँले स्थानीय तह, सरकारी निकाय तथा गैरसरकारी संस्थाबीचको सहकार्यले मात्र विकासका लक्ष्यहरू हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो। परियोजनाहरूलाई अझ प्रभावकारी बनाउन स्थानीय आवश्यकताअनुसार योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका उप प्रमुख दिलिप लामाले प्लान इन्टरनेशनल नेपालले शिक्षा, स्वास्थ्य, पोषण तथा बाल अधिकारका क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याएको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

विशिष्ट अतिथिका रूपमा अर्नामा गाउँ पालिकाकि उपप्रमुख शोभा साह जिल्ला समन्वय समितीका  अधिकारि सन्तोष यादव, स्वास्थ्य शाखा सिरहाका अधिकृत प्रेम दास, प्लान इन्टरनेशनलका प्रदेश प्रमुख रवि शंकर पण्डित, लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले विशेषगरी बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा किशोरी सशक्तीकरणका क्षेत्रमा केन्द्रित कार्यक्रमहरूको प्रभावबारे चर्चा गरेका थिए।

त्यस्तै सिरहा गैसस अध्यक्ष गोविन्द विष्टले गैरसरकारी संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन समन्वय र पारदर्शिता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुन्के, निर्देशक विनोद विसुन्के, परियोजनाका संयोजक दिपेन्द्र चौधरी तथा प्लान इन्टरनेशनलका लहान कार्यक्रम विशेषज्ञ तथा फोकल पर्सन काजल झा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाबाट प्राप्त उपलब्धिहरू, देखिएका चुनौतीहरू तथा सुधारका सम्भावनाहरूको बारेमा खुलेर छलफल गरेका थिए।

बैठकमा विशेषगरी बालबालिका तथा किशोरीहरूको संरक्षण, लैंगिक समानता, पोषण सुधार, सुरक्षित मातृत्व तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तारका विषयहरूमा केन्द्रित कार्यक्रमहरूको प्रगति समीक्षा गरिएको थियो। सहभागीहरूले समुदायस्तरमा सचेतना अभिवृद्धि, स्थानीय सरकारसँग सहकार्य तथा लक्षित वर्गमा सेवा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

त्यसैगरी, कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूबीच समन्वय अभाव, स्रोत व्यवस्थापनका चुनौती तथा दुर्गम क्षेत्रहरूमा सेवा प्रवाहमा देखिएका कठिनाइहरूको बारेमा पनि छलफल गरिएको थियो। यस्ता समस्याहरू समाधान गर्न स्पष्ट कार्ययोजना निर्माण गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो।

प्रदेश प्रमुख रवि पण्डितले प्लान इन्टरनेशनल नेपालले बाल अधिकार संरक्षण, लैंगिक समानता तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले स्थानीय तहसँग सहकार्य गर्दै परियोजनाहरूलाई समुदायमैत्री बनाउन प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेटेर आगामी रणनीति तयार गरिने जानकारी दिइएको थियो। समग्रमा बैठकले सिरहा जिल्लामा सञ्चालन भइरहेका परियोजनाहरूलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन मार्गनिर्देशन गरेको सहभागीहरूले बताएका छन्। यस प्रकारका बैठकहरूले सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वयलाई मजबुत बनाउँदै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१