ताजा समाचार

बर्डफ्लुको सङ्क्रमणपछि सुनसरीमा १ लाख ५० हजार लेयर्स कुखुरा नष्ट

  • वैशाख ७, २०८३
  • ४०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएसँगै फार्ममा पालिएका करिब १ लाख ५० हजार लेयर्स कुखुरालाई नष्ट गरिएको छ । ​आईतबार प्रयोगशालाबाट बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन पशु चिकित्सक, स्थानीय प्रशासन र सुरक्षाकर्मीको रोहबरमा ती कुखुरा नष्ट गर्ने कार्य सम्पन्न गरिएको हो । ​सङ्क्रमण पुष्टि भएसँगै आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र जैविक सुरक्षा (Biosecurity) मा विशेष ध्यान दिन पशु सेवा कार्यालयले किसान तथा व्यवसायीहरूलाई आग्रह गरेको छ । ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिएसँगै स्थानीय पोल्ट्री व्यवसायीहरूमा चिन्ता बढेको छ । Binod

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤