Siraha Times
ताजा समाचार

वीरगन्जको मेनरोड विस्तार: घण्टाघर आसपासका संरचनामा चल्यो डोजर, खुल्यो सडक विस्तारको बाटो

  • वैशाख ६, २०८३
  • ३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ । लामो समयदेखि अवरुद्ध रहेको सडक विस्तार कार्यलाई निरन्तरता दिँदै आज बिहानैदेखि घण्टाघर आसपासका घर तथा अन्य संरचनाहरू भत्काउन सुरु गरिएको छ । ​ त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक खण्ड विस्तारको काम सुरु गरिएको हो । योजनाअनुसार सडकको मध्य भागबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने सम्पूर्ण घर, पसल, टहरा तथा अन्य भौतिक संरचनाहरू हटाइँदै छ । ​

वीरगन्जका विभिन्न ५ स्थानबाट एकैसाथ डोजर लगायतका भारी उपकरण परिचालन गरेर संरचना भत्काउन थालिएको हो । सडक विस्तारका क्रममा कुनै अवरोध नहोस् र सुरक्षा व्यवस्था कडा पारियोस् भन्ने उद्देश्यले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ​सर्वोच्चको फैसलापछि खुल्यो बाटो वर्षौँदेखि अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको यो सडक विस्तारको योजनाले आज गति लिएको छ । सर्वोच्च अदालतले यसअघि नै सरकारको पक्षमा फैसला सुनाएपछि सडक विस्तारको बाटो खुलेको थियो । लामो समयसम्म निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय र सरोकारवालाहरू चिन्तित थिए ।

​ वीरगन्जको व्यापारिक र औद्योगिक क्षेत्रलाई जोड्ने यो सडक साँघुरो हुँदा वर्षौँदेखि ट्राफिक जाम मुख्य समस्याका रूपमा रहँदै आएको छ । सडक विस्तार भएपछि मुख्य सडकको ट्राफिक जाम हटेर आवतजावत सहज हुने र सहरी सौन्दर्यकरणमा पनि सुधार आउने विश्वास सडक डिभिजन कार्यालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानको हरेक कुनाले भ ...

लहान । बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड ब ...

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१