ताजा समाचार

सिराहाको धनगढीमाईमा ट्याक्टर चालकमाथि दिनदहाडै छुरा प्रहार

  • वैशाख ६, २०८३
  • ३९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​सिराहा, बैशाख ६ । ​सिराहाको धनगढीमाई नगरपालिका-१२ स्थित डोटेल मावि अगाडि ट्याक्टर चालकमाथि दिनदहाडै साङ्घातिक आक्रमण भएको छ । आक्रमणमा परी गम्भीर घाइते भएका चालकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । ​घटनाको विवरण अनुसार, स्थानीय बगरटोलका मदन भुजेल ट्याक्टर चलाएर धनगढी जाँदै गर्दा विष्णुपुरकट्टी-६ को टोलमा केही युवाहरूको समूहले उनलाई घेरा हाली हातपात गरेका थिए ।

त्यस समयमा स्थानीयले हस्तक्षेप गरी उनलाई उक्त समूहबाट छुटाएका थिए । ​तर, ट्याक्टर चलाएर अगाडि बढेका भुजेल डोटेल माविको क्षेत्रमा रहेको रिठ्ठे दाइको पसल नजिक पुग्दा सोही युवाहरूको समूहले पुनः पछ्याउँदै उनीमाथि अन्धाधुन्द छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ​छुरा प्रहारबाट घाइते भएका भुजेलको अहिले उपचार भइरहेको छ । घटनाको मुख्य कारण के हो र आक्रमणमा संलग्न युवाहरूको समूह को हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤