Siraha Times
ताजा समाचार

सेनाको कमाण्ड तथा स्टाफ तालिम सुरु

  • वैशाख ४, २०८३
  • ३०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वैशाख ४ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । आज बलाधिकृत रथी प्रदीपजंग के.सी.ले उक्त तालिमको औपचारिक शुभारम्भ गरेका हुन्।उद्घाटनका क्रममा रथी के.सी.ले शिक्षार्थी अधिकृतहरूबीच अनुभवको आदान–प्रदान गर्दै तालिमपश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक योजना तयार गरी कार्यान्वयन गर्न सक्षम हुने विश्वास व्यक्त गरे। मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा नेपाली सेनाका ४ जना महिला अधिकृतसहित ७९ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना गरी ३ जना अधिकृत, साथै मित्रराष्ट्र चीनका २ जना तथा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, केन्या, मालदिभ्स, नाइजेरिया र पाकिस्तानका १र१ जना गरी १० जना विदेशी अधिकृतहरू सहभागी छन्। यसरी कुल ९२ जना शिक्षार्थी अधिकृतहरू तालिममा सहभागी भएका छन्। वि.सं. २०४९ साल पौष १४ गते स्थापना भएको उक्त कलेजबाट हालसम्म नेपाली सेनाका १,३०८ जना, नेपाल प्रहरीका १७ जना, सशस्त्र प्रहरी बल नेपालका २९ जना, राष्ट्रिय अनुसन्धान विभागका २० जना, रक्षा मन्त्रालयका १ जना तथा विभिन्न राष्ट्रका १३२ जना गरी कुल १,५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षण प्राप्त गरिसकेका छन्। कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्षहरू, प्राध्यापकहरू, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू तथा शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

केन्द्र प्रमुख गोष्ठ ...

रासिन्द्र कुमार यादव सप्तरी , जेठ २० । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बोदे ...

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१