Siraha Times
ताजा समाचार

नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध नबिगार्न बालेन सरकारलाई चेतावनी

  • वैशाख ४, २०८३
  • १२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं वैशाख ४ । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् । नेता मिश्रले बालेन सरकार बनाउन अहोरात्र खट्ने मधेशले उपहार स्वरूप सीमावर्ती क्षेत्रको किसानले पाउनुपर्ने राहतलाई तस्करीमा परिणत गराउन तम्तयार भएको आरोप लगाएका हुन् । सीमा क्षेत्रका नागरिकले भारतबाट एक रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाले सीमावर्ती क्षेत्रका जनता झन् मारमा पर्ने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘सदियौंदेखि सिमावर्ती क्षेत्रको जनसमुदायले आफ्नो दिनचर्याका निम्ति थोरबहुत सामानहरू ल्याउने लैजाने गर्थे तथा भारतीय नम्बरप्लेटको गाडी राजमार्गसम्म र नेपाली नम्बरप्लेटको गाडी भारतीय रेलको प्लेटफर्मसम्म आवागमनमा सहजता दिइएको थियो । यसको कारण थियो नेपाल भारतको सम्बन्ध बिशिष्ट सांस्कृतिक सम्बन्ध हो ।’ सीमावर्ती क्षेत्रका हजारौ हजार परिवारले दुवै देशका विभिन्न गाउँहरूमा सामाजिक सम्बन्ध स्थापित गरेको र नेपाल भारतको सम्बन्ध बेटीरोटीको रहेको बताएका छन् ।

बालेन सरकारले एक सय रुपैयाँको सामानमा पनि भारतबाट ल्याउँदा भन्सार लागू गर्दा त्यहीं पार्टीबाट चुनावताका आफुलाई बाहुबली सरह प्रस्तुत हुने नेता चुसम्म पनि नबोली लुकी–लुकी बिरालो सरह बसेको उनको गुनासो छ । उनले ‘आश्चर्यको कुरा हो, मधेशबाट जनप्रतिनिधि भएको मान्छे मधेशमा केही दिनदेखि अनाहकमा भइरहेको उपद्रोलाई कसरि टुलुटुलु हेरिरहेका होलान ?’ भनी प्रश्न गरेका छन् । उनले मधेशीहरू बिना हातहतियार, बिना हिंसा सदियौंदेखि दसगजालाई रक्षा गर्दै आएको र गरिरहने जिकिर गरेका छन् । बिशिष्ट प्रकारको सम्बन्धलाई खलबलाउन, बिगार्न विगतमा पनि प्रयास भएको तर सफल हुन नसकेको दाबी गरे । उनले यस किसिमको कुचेष्टा जसले गरे आफै समाप्त भएर जाने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस

सेनाको कमाण्ड तथा स् ...

वैशाख ४ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । ...

“त्रिभुवन विमानस्थलम ...

काठमाडौँ वैशाख ४ । वैदेशिक रोजगारीको कठोर श्रमपछि केही दिनको विश्रामका लागि स्वदेश फर्किएका नेपालीहर ...

विराटनगरबाट भारतीय य ...

सिरहाटाइम्स वैशाख ४ । विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१