ताजा समाचार

कलैया बरियारपुर सडकमा ट्राफिक चेकिङ्गको नाममा अवैध असुली, जयसवाल र यादव मालामाल

  • चैत १९, २०८२
  • ८२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया, वीरगंज १९ चैत । बारा जिल्लाको कलैया–बरियारपुर सडक खण्डस्थित अस्थायी ट्राफिक पोष्ट तेलकुवामा कार्यरत ट्राफिक प्रहरी माथि चेकिङको नाममा खुलेआम असुली तथा लुटधन्दा चलाएको गम्भीर आरोप सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार सो पोष्टका इन्चार्ज ट्राफिक प्रहरी हवलदार मौजेलाल जैसवाल र ट्राफिक सहायक हवलदार अर्जुन कुमार यादवले विशेषगरी भारतीय नम्बर प्लेटका मोटरसाइकल, कार तथा धान लोड गरेका टयाक्टरहरुलाई अनावश्यक दुःख दिँदै रकम असुल्ने गरेको आरोप छ ।

सामान्य कागजी प्रक्रिया वा सानो –सानो बहाना बनाई सवारी साधन रोकी चालकहरू माथि दबाब सिर्जना गरी रकम असुल्ने कार्य भइरहेको बताइएको छ । आरोप अनुसार, अस्थायी ट्राफिक पोष्ट तेलकुवाले दैनिक रूपमा चेकिङको नाममा करिब १५ हजार रुपैयाँसम्म असुली गर्ने गरेको स्थानीयहरुले दाबी गरेका छन् । साथै, माथिल्लो तहसम्म मासिक ‘भागबण्डा’ बुझाउनुपर्ने दबाबका कारण यस्तो अवैध गतिविधि बढ्दै गएको समेत बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख दीपक केसीलाई सो ट्राफिक पोष्टबाट मासिक १० हजार रुपैयाँ बुझाउनुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी स्रोतले दाबी गरेको छ । यस प्रकारको गैरकानुनी क्रियाकलाप प्रति सरोकारवाला निकायको ध्यान नगएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । वर्तमान नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दान बहादुर कार्की सम्मको ध्यान नपुगेको भन्दै स्थानियहरुले आश्चर्य व्यक्त गरेका छन् ।

ट्राफिक प्रहरीको यस्तो गतिविधि तुरुन्त रोक्न र दोषी प्रहरीहरु माथि कडा कारबाही गर्न स्थानीयहरुले सम्बन्धित निकाय सँग माग गरेका छन् । ट्राफिक प्रहरीले चेकिङ्गको नाममा सर्वसाधारणलाई दुःख दिने र रकम असुलने कार्य बन्द गरी असुली कार्यमा संलगन माथि तत्काल छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाए आन्दोलन गर्न बाध्य हुने स्थानिय रामबालक सहनीले यस अनलाईनलाई बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤