Siraha Times
ताजा समाचार

दलित समुदाय लक्षित “द विकन” परियोजनाको संयुक्त अनुगमन सम्पन्न

  • चैत १०, २०८२
  • २८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत १०। दलित जनकल्याण युवा क्लब लहानको आयोजनामा सञ्चालन भइरहेको “द विकन” परियोजना अन्तर्गतका विभिन्न योजनाहरूको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो को नेतृत्वमा सोमबार प्राविधिक टोलीसहित संयुक्त अनुगमन गरिएको छ।

उक्त अनुगमनले परियोजनाको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी कार्ययोजना अझ प्रभावकारी बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ। अनुगमन कार्यक्रमको सुरुवातमा सहभागीहरूबीच भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो। सो क्रममा परियोजनाको उद्देश्य, हालसम्मको कार्यप्रगति, योजना तथा भावी रणनीतिबारे विस्तृत जानकारी आदानप्रदान गरिएको थियो।

सहभागीहरूले विशेषगरी दलित समुदाय लक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधिहरूको महत्त्व र प्रभावबारे छलफल गरेका थिए। त्यसपछि अनुगमन टोलीले लहान नगरपालिका–१३ स्थित श्री सरस्वती आधारभूत विद्यालय र लहान–८ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा विद्यालयमा उपलब्ध खानेपानीको अवस्था, सरसफाइको स्तर तथा विद्यार्थीहरूको स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरूको सूक्ष्म मूल्याङ्कन गरिएको थियो।

विद्यालयमा बालबालिकाहरूका लागि सुरक्षित खानेपानीको पहुँच, शौचालयको प्रयोग र सरसफाइ व्यवहार सुधारका प्रयासहरूलाई टोलीले सकारात्मक रूपमा लिएको जनाइएको छ। त्यसैगरी, टोलीले लहान–१४ र २४ का दलित समुदायका २९ घरधुरीमा पुगेर स्वच्छ खानेपानीको अवस्थाबारे परीक्षण तथा जाँचसमेत गरेको थियो। घरधुरी स्तरमा खानेपानीको गुणस्तर, प्रयोगको तरिका र सरसफाइ अभ्यासबारे जानकारी संकलन गर्दै आवश्यक सुझावहरू प्रदान गरिएको थियो। अनुगमनका क्रममा केही स्थानमा सुधार गर्नुपर्ने पक्षहरू पनि पहिचान गरिएको टोलीले जनाएको छ।

अनुगमन अवधिभर परियोजनाका उपलब्धि, देखिएका चुनौतीहरू तथा सम्भावित सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी, घरमै आधारित हेरचाह सम्बन्धी सत्रहरूको प्रगति र कार्यान्वयन अवस्थाको समीक्षा गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको औंल्याइएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच समीक्षा बैठक सम्पन्न गर्दै विभिन्न सुझावहरू आदानप्रदान गरिएको थियो।

सहभागीहरूले परियोजनालाई अझ प्रभावकारी, दिगो र समुदायमुखी बनाउन आवश्यक प्रतिबद्धता व्यक्त गरेका थिए। अनुगमनमा सहभागीहरूले यस्तो कार्यक्रमले दलित समुदायमा स्वच्छ खानेपानी र सरसफाइप्रति सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। साथै, यस प्रकारको नियमित अनुगमनले परियोजनाको गुणस्तर अभिवृद्धि गर्न र आगामी रणनीति तय गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१