Siraha Times
ताजा समाचार

सप्तरीमा होस्टेलभित्र विद्यार्थी मृत भेटिए : विद्यालय प्रशासन नियन्त्रणमा, अनुसन्धान सुरु

  • चैत ९, २०८२
  • ३८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ९ चैत । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर स्थित फुलेश्वर बोडिङ स्कुलको होस्टेलमा बस्दै आएका एक किशोर विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन्। घटना पश्चात् उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा खडक नगरपालिका–९ लालपट्टी निवासी तिलाई साहका छोरा करिब १४ वर्षीय धर्मेन्द्र साह रहेका छन्।

उनी सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत रही होस्टेलमा बस्दै आएका थिए। प्राप्त जानकारी अनुसार २०८२ चैत ७ गते दिउँसो करिब १२:२५ बजे धर्मेन्द्र साह होस्टेलको कोठाभित्र फलामे भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। सोही होस्टेलमा बस्ने अन्य विद्यार्थीहरूले देखेपछि तत्काल उद्दार गरी उपचारका लागि स्थानीय द्वारिका अस्पतालमा लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे विद्यालय प्रशासनसँग बुझ्दा मृतक विद्यार्थी पछिल्ला ३–४ दिनदेखि असामान्य व्यवहार देखाउँदै आएको जानकारी दिएको छ। झुण्डिनु अघि उनले आफ्ना साथीहरूलाई “मलाई डिस्टर्ब नगर, तिमीहरू बाहिर जाऊ” भनेको र त्यसपछि एक्लै कोठाभित्र बसेको बताइएको छ।

विद्यालय प्रशासनका अनुसार घटना हुनु एक दिनअघि नै अभिभावकलाई विद्यालयमा बोलाएर बालकलाई घर लैजान आग्रह गरिएको थियो। अभिभावक विद्यालयमा आए पनि मृतकले घर जान अस्वीकार गरेको जनाइएको छ। घटनापछि मृतकको पोस्टमार्टम सम्पन्न गरी दाहसंस्कार समेत गरिसकिएको छ। घटनाको गम्भीरता मध्यनजर गर्दै प्रहरीले विद्यालयका प्रिन्सिपल राम सुन्दर चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे आत्महत्या वा अन्य कुनै कारणको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। विद्यालयमा विद्यार्थीको सुरक्षासम्बन्धी व्यवस्थापन, मानसिक अवस्था तथा घटनाको वास्तविक कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।

स्थानीयवासी र अभिभावकहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। यो घटनाले विद्यालयहरूमा विद्यार्थीको मानसिक स्वास्थ्य, निगरानी र सुरक्षाप्रति थप गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएको छ। बिधालय प्रशासन सँग लिएको जानकारीको अडियो रेकर्ड हामी सँग सुरक्षित छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१