Siraha Times
ताजा समाचार

लहानमा नहर बाटो कालोपत्रे सुरु, राधाकृष्ण मन्दिरदेखि पुरानो विद्युत कार्यालयसम्म सडक स्तरोन्नति हुँदै

  • चैत ५, २०८२
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ५ चैत्र । सिरहाको लहान नगरपालिका ६ र ७ मा पर्ने राधाकृष्ण मन्दिरदेखि पुरानो विद्युत कार्यालयसम्मको नहर बाटो कालोपत्रे गर्ने कार्य आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। नगर प्रमुख महेश चौधरीले शिलान्यास गरेसँगै बहुप्रतीक्षित सडक स्तरोन्नति योजनाले गति लिएको हो।

करिब ५०० मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको उक्त सडकको निर्माणका लागि कुल ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रारम्भिक चरणमा ४७ लाख रुपैयाँको लागतमा काम अघि बढाइएको छ भने बाँकी खण्डको निर्माण कार्य पनि छिट्टै सुरु गरिने नगरपालिकाले जनाएको छ।

शिलान्यास कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रमेश गौतम र वडा नं. १३ का अध्यक्ष मनोज कोइराला सहित स्थानीय जनप्रतिनिधि र बासिन्दाहरू को उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मेयर चौधरीले नगरभित्रका पुराना तथा जीर्ण सडकहरूलाई क्रमशः स्तरोन्नति गर्दै आधुनिक र सुविधासम्पन्न बनाउने योजना अनुसार काम भइरहेको बताए। उनले उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता हुनुका साथै क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले लामो समयदेखि धुलाम्मे र हिलाम्मे अवस्थाबाट गुज्रिरहेको उक्त बाटो अब कालोपत्रे हुन थालेपछि खुशी व्यक्त गरेका छन्। यसले दैनिक जीवनयापन सहज बनाउनुका साथै व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नगरपालिकाको निरन्तर पहल र स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा अघि बढिरहेको यो योजना सम्पन्न भएपछि उक्त क्षेत्रको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१