Siraha Times
ताजा समाचार

कल्याणपुर न.पा.स्तरिय (N4L) कार्यक्रमबार सरोकारवालासँग परिचयात्मक बैठक सम्मपन्न

  • चैत ३, २०८२
  • ७१३ पटक पढिएको
  • सन्जय
alt

संजय महरा सिरहा चैत ३  । दलित विकास मञ्च सिरहाको आयाजोनामा कल्याणपुर नगरपालिकाको समन्वय र हेलन केलर इन्टरनेशनलको साझेदारीमा पालिका स्तरिय परिचयात्मक कार्यक्रम कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर श्रीमती रेखा कुमारी यादव ज्यूको अध्यक्षतामा "जिवनका लागि पोषण" कार्यक्रम सम्मपन्न भएको छ  ।

कार्यक्रममा प्रस्तुत गरिएअनुसार कार्यक्रमको मुख्य लक्ष्य लक्षित जिल्लाहरूमा पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा नवजात शिशुको पोषण अवस्था सुधार गर्नुका साथै उनीहरूको जीवन रक्षा सुनिश्चित गर्नु रहेको छ। पोषणको कमीले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यस कार्यक्रममार्फत समुदाय स्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार तथा व्यवहार परिवर्तनमा जोड दिइने बताइएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकामा देखिने शिघ्र कुपोषणको अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ

पोषणको कमीले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यस कार्यक्रममार्फत समुदाय स्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार तथा व्यवहार परिवर्तनमा जोड दिइने बताइएको छ।परिचयात्मक बैठकमा कार्यक्रमका विभिन्न उद्देश्यहरूबारे पनि विस्तृत जानकारी गराइएको थियो। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकामा देखिने शिघ्र कुपोषणको अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ। गर्भवती आमा तथा नवजात शिशुको पोषण अवस्था सुदृढ गर्ने, समुदाय स्तरमा कार्यरत अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरूको क्षमता अभिवृद्धि गर्ने तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच मातृ तथा नवजात शिशुको पोषण सुधारमा प्रतिबद्धता र स्वामित्व अभिवृद्धि गर्दै कार्यक्रमलाई दीगो बनाउने उद्देश्य पनि रहेको जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले पोषण सुधारका कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य, कृषि तथा स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले बालबालिका र आमाको स्वास्थ्य सुदृढ बनाउन पोषण अत्यन्त महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यस कार्यक्रममार्फत सिरहा जिल्लामा पोषणसम्बन्धी समस्या न्यूनीकरण गर्दै बालबालिका तथा आमाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको  संस्थाले जनाएको छ। बैठकमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१