ईदलाई लक्षित गरी राष्ट्रिय मुस्लिम समाज सेवा नेपालको पहल — लत्ताकपडा वितरण तथा बृहत् इफतार कार्यक्रम सम्पन्न

  • चैत २, २०८२
  • ३०१ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, २ चैत्र । राष्ट्रिय मुस्लिम समाज सेवा नेपालले सिरहा र सप्तरी जिल्लाका विभिन्न गाउँ–टोल तथा बस्तीमा आर्थिक रूपमा विपन्न परिवारलाई लक्षित गर्दै ईदुल फित्र पर्व मनाउन सहयोगस्वरूप लत्ताकपडा वितरण कार्यक्रम सुरु गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत हालसम्म करिब ९ सय घरपरिवारलाई लत्ताकपडा वितरण गरिसकेको जनाएको छ।

May be an image of one or more people and text

संस्थाका कोषाध्यक्ष मो. रजाउल राईंनका अनुसार वितरण कार्यक्रम अझै निरन्तर जारी रहनेछ र आगामी २९ रमजान सम्म सिरहा तथा सप्तरीका विभिन्न स्थानमा पुगेर सहयोग वितरण गर्ने योजना रहेको छ। उनले समाजका आर्थिक रूपमा कमजोर तथा असहाय परिवारलाई पर्वको समयमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

May be an image of one or more people, chess and text

यसैबीच, हिजो शनिवार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोना बजारमा बृहत् इफतार कार्यक्रमसमेत सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा करिब चार दर्जन गाउँका मुस्लिम समुदायका अगुवा तथा धर्मगुरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा भेटघाट गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र समुदायको विकासका विषयमा विचार आदानप्रदान गरेका थिए।

May be an image of one or more people, slow loris and text

इफतार कार्यक्रममा समाजमा देखापरिरहेका विभिन्न सामाजिक चुनौतीहरूबारे पनि व्यापक छलफल गरिएको थियो। विशेष गरी समुदाय स्तरमा फैलिरहेका विकृति तथा विसंगति, लागूऔषधको बढ्दो प्रयोग नियन्त्रण, विदेशी रोजगारी बाट आउने रेमिट्यान्सको दुरुपयोग रोकथाम, शिक्षामा पहुँच विस्तार, स्वच्छ र शान्त समाज निर्माण जस्ता विषयहरूमा गम्भीर बहस भएको थियो।

May be an image of one or more people and temple

त्यसैगरी दाइजो प्रथा उन्मूलन तथा बालविवाह नियन्त्रणका विषयमा पनि सहभागीहरूले विशेष जोड दिएका थिए। मुस्लिम अगुवा तथा धर्मगुरुहरूले यस्ता सामाजिक विकृति अन्त्य गर्न समुदायस्तरबाट सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

May be an image of one or more people

कार्यक्रममा सहभागी सामाजिक अगुवा तथा धर्मगुरुहरूले समाज सुधार र सकारात्मक परिवर्तनका लागि यस्ता कार्यक्रमलाई अभियानकै रूपमा गाउँ–टोलसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले धार्मिक पर्वलाई सामाजिक सद्भाव, सहयोग र जागरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। राष्ट्रिय मुस्लिम समाज सेवा नेपालले आगामी दिनमा पनि सामाजिक सेवा, जनचेतना अभिवृद्धि तथा समुदाय विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको गोलबजारमा दल ...

लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्‍याली तथ ...

लहान प्रादेशिक अस्पत ...

रहमुल लहान, २ चैत। सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्र ...

सखुवानन्कारकट्टीमा द ...

रहमुल लहान,२ चैत्र । राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा सञ्चालित पोषण परियोजना कार्यक्रम अन्तर्ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१