Siraha Times
ताजा समाचार

सिरहामा लागुऔषध सहित १ जना पक्राउ

  • चैत १, २०८२
  • २९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , चैत १ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। मिति २०८२ चैत १ गते दिउँसो करिब ०२:४० बजे इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलीले विष्णुपुर गाउँपालिका वडा नं. १ नहर नजिक सवारी चेकजाँच गर्ने क्रममा सिरहाबाट मिर्चैया तर्फ जाँदै गरेको प्रदेश नं. १–०२–०५३५ ४२७५ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलमा रहेको झोलाबाट लागुऔषध फेला परेपछि प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ८ मझाउ बस्ने २६ वर्षीय जितेन्द्र कुमार महतो रहेका छन्।

प्रहरीका अनुसार झोलाबाट ONEREX सिरप २० बोतल, PYRONIX SPAS ८ वटा ट्याब्लेट, PYRONIX SPAS का प्रयोग गरिएका २ वटा खाली पत्ता बरामद गरिएको छ। साथै उनीसँग रहेको VIVO कम्पनीको एक थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद लागुऔषध, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१