Siraha Times
ताजा समाचार

उखु खेतीमा आगलागी, मेयरद्वारा राहत सहयोगको प्रतिबद्धता

  • फागुन ४, २०८२
  • ४४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, फागुन ४ । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठूलो क्षति पुगेको छ। आगलागीको खबर प्राप्त हुनासाथ नगरप्रमुख महेश चौधरी, वडा नं.–१३ का अध्यक्ष मनोज कोईराला तथा स्थानीय अगुवा कृष्णा महतो घटनास्थल पुगेर पीडित किसानहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

 

FB_IMG_1771253202412

स्थलगत अनुगमनका क्रममा आगलागीबाट जलेका उखु बारी, क्षतिको अवस्था र प्रभावित किसानहरूको समस्याबारे जानकारी लिइएको थियो। प्रारम्भिक विवरणअनुसार आगलागीबाट उल्लेख्य मात्रामा उखु बाली नष्ट भएको र किसानहरू आर्थिक मारमा परेको जनाइएको छ। नगरप्रमुख चौधरीले पीडित किसानहरूसँग कुरा गर्दै क्षतिको यथार्थ विवरण संकलन गरी नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

“किसानहरूको मेहनतमा आधारित खेती नष्ट हुनु दुःखद् विषय हो, नगरपालिका पीडितहरूको साथमा छ,” उनले बताए। वडा अध्यक्ष कोईरालाले आगलागीको कारणबारे थप अनुसन्धान गरिने र आगामी दिनमा यस्ता घटनाबाट जोगिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। पीडित किसानहरूले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्।

नगरपालिकाले छिट्टै क्षतिको मूल्याङ्कन गरी राहत वितरण प्रक्रिया अघि बढाउने जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूको घटनास्थलमै उपस्थितिले पीडित किसानहरूमा केही हदसम्म आशा जागेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवा प्रसौनीमा निःश ...

रंजित चौरसिया,वीरगंज २४ जेठ। पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर पञ्चगावामा आयोजि ...

सोठियाइन माविको शैक् ...

रहमुल, लहान २४ जेठ । सिरहाको श्री म.ज. माध्यमिक विद्यालय, सोठियाइनको पछिल्लो शैक्षिक नतिजाले विद्याल ...

रास्वपाको प्रथम ऐतिह ...

रहमुल लहान, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशन सिरहामा सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१