Siraha Times
ताजा समाचार

घरदैलो अभियानमा जनमत उम्मेदवार रामस्वरूप चौधरी सक्रिय, स्थानीय समस्या सुन्दै

  • माघ २८, २०८२
  • ६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २८ माघ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ का जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरी यतिबेला चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट अभियानमा सक्रिय रूपमा जुटेका छन्। मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यले चौधरी नेताकार्यकर्ता र समर्थकसहित गाउँ–गाउँ पुगेर जनताको घरदैलोमा भेटघाट गरिरहेका छन्।

यसै अभियानअन्तर्गत आज लक्ष्मीपुर पतारी गाउँपालिका–६, सितापुर कल्याणपुर गाउँमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उम्मेदवार चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा, सुझाव र अपेक्षाहरू सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा आधारभूत पूर्वाधार विकासका विषयमा जनताको चासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रमको क्रममा चौधरीले जनमत पार्टीका नीति, योजना तथा भावी विकासका खाकाबारे जानकारी गराउँदै क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले जनताको विश्वास, साथ र सहयोग नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा सहभागी जनमत पार्टीका स्थानीय तथा क्षेत्रीय नेताहरूले यसपटकको निर्वाचनमा जनमत पार्टीलाई मजबुत समर्थन गर्न मतदातासँग आग्रह गरेका थिए। उनीहरूले पुराना शैलीको राजनीतिभन्दा फरक ढंगको जवाफदेही र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए।

घरदैलो अभियानमा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। सहभागीहरूको सक्रियता र उत्साहका कारण कार्यक्रम प्रभावकारी र ऊर्जावान बनेको आयोजक पक्षले जनाएको छ। घर–घरमा पुगेर प्रत्यक्ष संवाद गर्दा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ।

जनमत पार्टीका नेता श्याम सिंहका अनुसार निर्वाचन क्षेत्रभरि घरदैलो, अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिइनेछ। अभियानमार्फत जनतासँग नजिकिएर उनीहरूका वास्तविक आवश्यकता बुझ्ने र सोही आधारमा योजना अघि बढाउने पार्टीको रणनीति रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१