Siraha Times
ताजा समाचार

सप्तरी –३ मा राप्रपा उम्मेदवार उम्देश्वर साहको जनभेटघाट, शिक्षा–स्वास्थ्य र सुशासनमा जोड

  • माघ २०, २०८२
  • १०८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उम्देश्वर प्रसाद साहले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्। भेटघाटका क्रममा उम्मेदवार साहले स्थानीय बासिन्दासँग संवाद गर्दै क्षेत्रका शिक्षा, स्वास्थ्य सेवा र सुशासनसँग सम्बन्धित समस्या तथा चुनौतीबारे जानकारी लिएका छन।

स्थानीयवासीहरूले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा पारदर्शी र जवाफदेही प्रशासनको आवश्यकता औँल्याएका थिए। सो अवसरमा साहले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रलाई सुदृढ नगरी समग्र विकास सम्भव नहुने बताए ।

उनले जनमुखी नीति, भ्रष्टाचारमुक्त प्रशासन र प्रभावकारी सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास र साथ पाएमा यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१