Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारीमा जसपा नेपालको प्रभाव विस्तार, सयौँ कार्यकर्ता पार्टी प्रवेश

  • माघ १८, २०८२
  • ५५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को संगठनात्मक प्रभाव तीव्र रूपमा विस्तार हुँदै गएको छ। पछिल्लो समय जनसमर्थन बढ्दै जाँदा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ को हरिनगरमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा आफ्नो पुरानो पार्टी त्याग्दै जसपा नेपालमा आबद्ध भएका हुन्।

उक्त कार्यक्रममा सिरहा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार सत्य नारायण यादव, उद्योग तथा वाणिज्य मन्त्री राजु गुप्ता, समानुपातिकतर्फका उम्मेदवारहरू खडक नारायण चौधरी र भोला प्रसाद चौधरीसहित बौद्धिक नेता केदारनाथ यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले मधेस केन्द्रित राजनीति, समावेशी राज्य संरचना, समान अधिकार र समुचित विकासका मुद्दामा जसपा नेपाल स्पष्ट र प्रतिबद्ध रहेको बताएका थिए। उनीहरूले विगतका दलहरूले मधेसी जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै जसपा नेपाल जनताको भरोसायोग्य राजनीतिक विकल्पका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।

नेताहरूले आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिँदै मधेसी जनताको अधिकार, पहिचान र विकासका लागि जसपा नेपाललाई विजयी गराउन एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे। कार्यक्रममा नयाँ प्रवेशीहरूले जसपा नेपालको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीको संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहाको लक्ष्मीपुर प ...

रहमुल लहान, ७ जेठ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रामपुरस्थित दुर्गा महादेव मन्दिर अग ...

सीमित स्रोतसाधनबीच उ ...

लहान, जेष्ठ ७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १७ स्थित रहेको श्री मा.वि. गोविन्दपुर झिरहरीका ...

प्रहरी चौकी कि असुली ...

रंजित चौरसिया वीरगंज ७ जेठ । वीरगंज स्थित प्रहरी चौकी सिर्सियामा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१