Siraha Times
ताजा समाचार

सिरहाको सुखिपुरमा जसपा नेपालको क्षेत्रीय कमिटी भेला सम्पन्न

  • माघ १८, २०८२
  • ६६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, माघ १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको क्षेत्रीय कमिटी भेला सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा हिजो शनिबार सम्पन्न भएको छ। क्षेत्रीय संगठन सुदृढीकरण तथा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो। भेला कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का जसपा नेपालका जुझारु, युवा तथा इमान्दार नेता संजिव कुमार यादवको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, अगुवा कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले पार्टी संगठनलाई गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै घरदैलो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो।

उहाँले क्षेत्र नं. २ मा जसपा नेपाललाई मजबुत बनाउने र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। भेलामा सहभागी वक्ताहरूले प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

साथै, संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र मतदाता केन्द्रित अभियान सञ्चालन गर्ने उद्देश्यसहित क्षेत्रीय भेला गरिएको जनाइएको छ। कार्यक्रममा संगठन विस्तार, कार्यकर्ता परिचालन, घरदैलो कार्यक्रम र जनतासँग प्रत्यक्ष संवाद बढाउने विषयमा समेत विस्तृत छलफल भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१