Siraha Times
ताजा समाचार

सिराहा–१ को चुनावी माहोल तातिँदै : जसपा उम्मेदवार यादवप्रति जनलहर बढ्दो

  • माघ १७, २०८२
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा उम्मेदवार सत्यनारायण यादवप्रति मतदाताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। गाउँदेखि बजारसम्म उनको उम्मेदवारीबारे व्यापक चर्चा चलिरहेको छ। यादवले क्षेत्रका विभिन्न गाउँ–बस्तीमा निरन्तर घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रम सञ्चालन गरिरहेका छन्।

स्थानीय मुद्दा र जनजीविकासँग जोडिएका सवाललाई प्राथमिकतामा राख्दै अघि बढेको उनको अभियानलाई मतदाताले सकारात्मक रूपमा लिएको समर्थकहरू बताउँछन्। विशेषगरी युवा, किसान, मजदुर तथा व्यापारी वर्गसँग प्रत्यक्ष संवाद गर्दै उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार र सडक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “राजनीति सेवा र जवाफदेहिताको माध्यम बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” यादवले एक कार्यक्रमका क्रममा बताएका छन्।

स्थानीय चोक, चिया पसल र सामुदायिक जमघटहरूमा समेत यादवको सक्रियता र एजेन्डामाथि बहस हुने गरेको पाइन्छ। मतदाताहरूले सहज पहुँच, निरन्तर उपस्थिती र समस्या सुन्ने शैलीलाई उनको मुख्य सबल पक्षको रूपमा लिएका छन्। जसपा क्षेत्रीय कमिटीका अनुसार संगठन विस्तार, कार्यकर्ता परिचालन र मतदाता सम्पर्क अभियानलाई योजनाबद्ध रूपमा अघि बढाइएको छ।

यसले चुनावी प्रतिस्पर्धामा पार्टीलाई थप मजबुत बनाएको दाबी गरिएको छ। यद्यपि अन्य दलका उम्मेदवारहरू पनि चुनावी मैदानमा सक्रिय रहेकाले प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ। तर हालसम्मको जनचासो र अभियानको प्रभावका आधारमा सिराहा–१ मा सत्यनारायण यादव बलिया दाबेदारका रूपमा उभिएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१