Siraha Times
ताजा समाचार

युरोपियन युनियनले सीके राउतलाई समर्थन गरेपछि सरकारद्वारा कडा आपत्ति

  • चैत १०, २०७४
  • ११७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १०, २०७४ / युरोपियन युनियनले नेपालको आन्तरिक मामिलामा दख्खल दिएको तेस्रो श्रृंखलापछि नेपाल सरकारले कडा शब्दमा आपत्ति जनाएको छ । निर्वाचन परीवेक्षणका लागि आएको युरोपियन युयिनको टोलीले खस आर्यको आरक्षण खारेज गर्न सुझाएपछि परराष्ट्र मन्त्रालयको कडा विज्ञप्ति आएको हो । युरोपियन युनियनलाई खबरदारी गर्दै नेपालले जारी गरेको बुधवारको विज्ञप्तिलाई अहिलेसम्मकै कडा भनेर कूटनीतिक क्षेत्रका जानकारले टिप्प्णी गरेका छन् । नेपालको संविधान, सार्वभौमसत्ता, निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाउने अधिकार युनियनलाई नभएको चेतावनी नेपाल सरकारले दिएको छ । निर्वाचनका क्रममा केही दलले खासआर्यलाई आरक्षण दिएकोमा विरोध गरेका थिए । तर, नेपालको आन्तरिक मामिला हो । यो आरक्षण खारेज नै गर्नु पर्ने हो भने नेपालका राजनीतिक दल, स्केटहोल्टरहरुले आपसी सहमतिमा गर्ने विषय हो । निर्वाचन निश्पक्ष भए नभएको अनुगमन गर्छु भनेर अनुमति लिएर आएको इर्यूको टोलीले निर्देशनात्मक भाषामा यो खारेज गर, यो थप भन्नु कदापी उचित र स्वीकार्य हुन्न ।

इयू कालोसूचीमा पर्न सक्छ ?

संविधानले गरेको व्यवस्था बमोजिम निर्वाचन कानुनले जनसंख्याका आधारमा जातिगत आरक्षणको व्यवस्था गरेको छ । त्यो आरक्षण समानुपातिकतर्फबाट निर्वाचित हुनेहरुका लागि हो । कुनै पनि जाति समुदायले जनसंख्याको अनुपातभन्दा कम प्रतिनिधित्व हुने अवस्था नआओस् भनेर गरिएको व्यवस्थाप्रति युरोपियन युनियनले प्रश्न उठाएपछि सरकार गम्भिर भएको हो ।निर्वाचन पर्यवेक्षणका लागि नेपाल सरकारसँग गरेको समझदारी (एमओयू) र निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित इयूको प्रतिवेदन सार्वजनिक भएपछि यो विषयलाई नेपाल सरकारले इयू हेडक्वार्टरसम्म पुर्‍याउने भएको छ । भविष्यमा निर्वाचन पर्यवेक्षणका लागि युरोपियन युनियनलाई कालो सूचीमा राख्नेसम्मको अधिकार नेपाललाई छ । निर्वाचन आयोगका एक पदाधिकारीले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत एमओयु गरेर इयू निर्वाचन आयोगसम्म आइपुगेको हो । सम्झौता, निर्वाचन आचारसंहिता तथा संविधान विपरित जुन रिपोर्ट सार्वजनिक गरेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौं । भविश्यमा निर्वाचन पर्यवेक्षण अश्वीकृत गर्न सक्छ ।’

राजदूतलाई बोलाउनुभन्दा विज्ञप्ति अर्थपूर्ण

सरकारले विज्ञप्तिमात्रै निकालेर आफ्नो असहमति दर्ज गर्छ कि ‘प्रोटेस्ट नोट’ पनि पठाउँछ ? यो प्रश्न पनि अहिले सर्वसाधारणले सामाजिक सञ्जालबाट उठाएका छन् । यहि प्रश्नमाथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो टिममा छलफल गरेरै इयूको राजदूतलाई बोलाएर प्रोटेस्ट नोट पठाउनुभन्दा विज्ञप्ति जारी गर्नु माथिल्लो तहको प्रोटेस्ट हुने भएकाले विज्ञप्ति जारी गरिएको स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले पनि सरकारको विज्ञप्ति निकै कडा रुपमा आएको र यो भन्दा ठूलो प्रोटेस्ट अरु नहुने बताए । उनले भने, ‘जनतालाई चित्त बुझाउनका लागि राजदूतलाई पनि बोलाएर आपत्ति जनाउन सकिन्छ । तर, यो डेलिगेशन इयू हेडक्वार्टरबाट आएको हुनाले राजदूतलाई बोलाउनुभन्दा विज्ञप्ति माथिल्लो तहको हो । सरकारको प्रोटेस्ट नोटकै रुपमा यसलाई लिन सकिन्छ ।’

को हुन् जेलियन जोभ्को ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन महिनासम्म बसेको टोलीको नेतृत्व जेलियना जोभ्कोले गरेकी थिइन् । जोभ्को आफैं युरोयिन युनियनको सांसद हुन् । अन्तर्राष्ट्रिय समिति सदस्य समेत रहेकी उनले हरेक रिपोर्ट इयू हेडक्वार्टर ब्रसेल्समा गर्छिन् । बोस्निया हर्जगोभिनाकी उनी क्रिश्चियन डेमोक्रेटिक पार्टीकी सांसद सदस्य हुन् । उच्चस्तरीय टोली भएकाले राजदूतहरुसँग सामान्य समन्वय बाहेक सबै हेडक्वार्टरसँगै सम्बन्धित भएर गर्छन् । त्यसैले पनि इयुका राजदूतलाई बोलाएर परराष्ट्रमन्त्रीले कुरा गर्नुभन्दा विज्ञप्तिनै पर्याप्त रहेको आचार्यले बताए । आफ्नो मुलुकको आन्तरिक विषयमा दखल पुर्‍याउने राष्ट्रप्रति विरोध जनाउन सम्बन्धित देशमा रहेको आफ्नो राजदूतावासमार्फत प्रोटेस्ट नोट पठाउने वा राजदूतलाई परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर विरोध दर्ज गर्न लगाउने चलन छ ।

सरकारको यो विज्ञप्तिपछि अब परराष्ट्र मनत्रालयले ब्रसेल्सस्थित नेपाली राजदूतमार्फत प्रोटेस्ट नोट पठाउन सक्नेछ । यहि विज्ञिप्तिसहित नेपाली राजदूतले इयुको ध्यानाकर्षण गराउन सक्ने कूटनीतिज्ञहरुले बताएका छन् ।परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपालको आन्तरिक मामिलामाथि कुनै अन्तर्राष्ट्रिय मित्रहरुले टिप्पणी गर्दा संवेदनशील भइदिउन् भन्ने चाहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘नेपालको सामजिक सद्भाव, राष्ट्रिय एकता, संवैधानिक सर्वोच्चता जस्ता विषय ‘नन-नगोसिएवल’ हुन् । हाम्रा अन्तर्राष्ट्रिय मित्रहरुबाट नेपालको यो संवेदनशीलता र आन्तरिक विषयहरुमा हामीले स्वनिर्णय गर्ने कुराको सम्मान गरिदिउन् भन्ने चाहान्छौं ।’

सीके राउतको समर्थन, संविधानको विरोध !

युरोपियन युनियनले नेपालको आन्तरिक मामिला र जातीय तथा भाषिक सद्भावमाथि प्रश्न उठाएको यो पहिलो घटना भने होइन । उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता विरोधी पृथकतावादीलाई पक्षपोषण गरेको आरोप खेपिसकेको छ । नेपालको अविभाज्य भूभाग तराई मधेसलाई अलग देश बनाउनुपर्छ भन्ने सीके राउतलाई भेट्ने, उनको पक्षमा विज्ञप्ति निकाल्नेसम्म काम ईयूबाट यसअघि भएको छ । केही वर्षअघिसम्म नेपालमा आदिवासी जनजातिसँग काम गर्ने संस्थालाई अनुदान दिने गरेको युनियनले पछिल्लो समय मधेसमा लगानी केन्दि्रत गरेको छ ।

युरोपियन युनियनले नेपाल हिन्दू राज्य भनिएकोमा शुरुदेखि नै आपत्ति जनाउदै आएको थियो । नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्ने कार्यमा पनि उसको भूमिका रहेको आरोप लाग्दै आएको छ । युरोपियन युनियन आबद्ध संस्था र व्यक्तिहरुको सन्देहास्पद लगानी अमूक धर्मको पक्ष र विपक्षमा भइरहेको छ । नेपालको जननिर्वाचित संविधानसभाले लगभग सर्वसम्मत रुपमा (१० प्रतिशत सभासदको बहिस्कार) जारी गरेको संविधानलाई चुनौति दिन भारतीय प्रधानमन्त्रीलाई युरोपियन युनियनले ब्रसेल्समा रातो कार्पेट बिछ्याएको धेरै भएको छैन । नेपालको संविधान समावेशी नभएको भन्ने आशयको विज्ञप्तिमा हस्ताक्षर गरेपछि नेपाल सरकारले कडा विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१