माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न , ४० प्रतिशत वालवालिका कुपोषित भेटिए

  • साउन २३, २०७६
  • १०९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २३, श्रावण सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नं. ३ र १ को स्वास्थ्य चौकीमा क्षयरोगी कुपोषित बच्चा किशोरी र गर्भवत्ती महिलाहरुमा रक्तअल्पत्ता पत्ता लगाउन माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न भएकोछ । सम्पन्न शिविरमा ७ सय ६५ जना बच्चामा गरीएको कुपोषण परिक्षणमा ४० प्रतिशत वालवालिका कुपोषित भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक बैधनाथ प्रसाद साहले जानकारी दिनुभएको छ । भेटीएको कुपोषित बच्चा खासगरी दलित विपन्न परिवारको भएको संयोजक साहले बताए । उहाँका अनुसार दुईटै वडामा ४ सय ६ जना किशोरी र महिलाहरुमा हेमोग्लोबीन जाँच गर्दा करीब ३० प्रतिशत महिलामा रक्तअल्पत्ता भेटीएको जानकारी दिनुभएकोछ । बोदेबरसाईन नगरपालिकाको सहयोगमा संचालित कार्य्रक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख आत्तिस कुमार सिंह यादवले अव कुनै पनि बालबालिका कुपोषणका कारण आकालमै ज्यान गुमाउन नपर्ने बताउनु भएकोछ । गर्भमै बच्चालाई कुपोषणबाट जोगाउनका लागी गर्भबत्ती महिलाले स्वास्थ्य स्यहारमा ध्यान दिनुपर्ने उहाँको कथन रहेको थियो । बच्चाहरु , किशोरी र महिलालाई त्यस्तो समस्याबाट मुक्त गर्नका लागी यस्तो शिविरको नगरपालिकाले आयोजना गरिरहेको नगरप्रमुख यादवको कथन रहेको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम यादवले भने यस्ता कार्यक्रमहरु खसगरी दलित ,विपन्न परिबारका लक्षितवर्ग समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने गरेको कारण नगरपालिकाले चासो राख्ने गरेकोछ । संचालित शिविरमा पोसिलो खाना , स्वास्थ्य पोषण शिक्षा, वाल भिट्टा लगायत विभिन्न किसिमको औषधीहरु निशुल्क रुपमा वितरण गरिएको नगरपालिकाका स्वास्थ्य सह संयोजक अजय कुमार नेपालले बताउनुभयो । उहाँका अनुसार घरदैलो कार्यक्रम समेत संचालन भएको जानकारी दिनुभएकोछ । छुटेका वडाहरुमा भदै १ देखी १० सम्म पुनः शिविर संचालन हुने नगरपालिका श्रोतबाट जानकारी प्रप्त भएकोछ ।

प्रतिक्रिया दिनुहोस

पिडित परिवारको अवस्थ ...

लहान वैशाख ३० । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतिपुर सदाय टोलमा केही समयअघि घटेको घट ...

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१