राजबिराज देखि साइकल सहित मिथिला देबघर यात्राका लागि प्रस्थान

  • साउन २३, २०७६
  • २२५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया,राजबिराज २२ गते । मैथिली भाषा, साहित्य, कला–संस्कृतिक उन्नयन उद्देश्यका साथ सप्तरी देखि भारतको देवघर सम्मको यात्राका लागी 'मिथिला देवघर साइकल यात्रा २०७६'मंगलबार प्रस्थान गरेका हुन । मिथिला साहित्य-कला प्रतिष्ठान नेपालको आयोजन एवम् मैथिली साहित्य परिषद् राजविराजको समन्वयमा ३४ जना साइकल यात्री रहेका छन । राजविराज देखि ३३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राको लागि१५ दिनको समय तय गरिएको हो । सप्तरीको बिरपुर गाउँ देखि डिहबार थानमा पूजाआजा गरि सदरमुकाम राजविराज पुगि साइकल यात्रीहरु राजदेवी माताक दर्शन गरि मैथिली भवनमा आयोजित एक कार्यक्रमक बीच अभिनन्दन विदाई गरिएको थियो । साइकलयात्री टोलीलाई विदाई गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानक प्राज्ञ धीरेन्द्र प्रेमर्षी मातृभाषा मैथिलीको प्रचार प्रसार तथा नेपाल भारतक मैथिलीभाषी बीचक सम्वन्ध विस्तार हुने विश्वास व्यक्त गरे । मैथिली र मिथिलाको झण्डा अराध्यदेव पशुपतिनाथको देश बाट देवघर सम्म यात्रा रहेको बताए । कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा. अमरकान्त झा,पूर्व अध्यक्ष शुभचन्द्र झा, परिषद्का अध्यक्ष अशोक कुमार झा, मैसाप र मिलाफक पूर्व अध्यक्ष एवम् साहित्यकार देवेन्द्र मिश्र, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालको अध्यक्ष करुणा झा, सखी-बहिनपाक अध्यक्ष आरती झा, नेपाल निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनक जिल्ला अध्यक्ष अजय कुमार झा, मैथिली साहित्य साहित्य परिषद्को सचिव समेत रहेको नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, छिन्नमस्ता गाउँपालिका १का वडा अध्यक्ष विनोद कुमार यादव, सङ्गोर मिथिला लहानका उपाध्यक्ष मिलाफ सदस्य गायक तेजू मैथिल, समाजसेवी ललन कुमार यादव, मिलाफका कोषाध्यक्ष कवियत्री किरण झा लगायत यात्रा सफलताको कामना सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राजबिराज स्थित छिन्नमस्ता भगवतीलाई पूजापाठ गरि साइकलयात्री देवघरको यात्रामा निस्केका हुन् । सम्भवतः नेपालमा पहिको पल्ट सामुहिक रुपमा ‘मिथिला देवघर साइकल यात्रा' शुभारम्भ भएको हो । उक्त यात्राको लागि छिन्नमस्ता एजुकेशनल एकेडेमी राजविराज, चर्चित मैथिली अभियानी 'हेल्लो मिथिला' संचालिका एवम् गायिका रुपा झा, प्रा. अशोक कुमार झा, बरही बीरपुरका समाजसेवी ललन कुमार यादव, विनोद कुमार यादव,बरही बीरपुरक शम्भू ,बेलही बिषहरियाको मोहन कुमार यादव लगायत सहयोग गरेका छन् । विश्वको, मिठास एवम् समृद्ध मानेका मैथिली भाषाको विषयमा थप प्रचार प्रसार तथा एक आपसमा सम्वन्ध विस्तार मैथिली लोकगायन परम्परा एवम् शैली आदान प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृती समेतको क्षेत्रमा जागरण ल्याउने उद्देश्यका साथ यो यात्रा प्रारम्भ गरेको संयोजक सुभाष बिरपुरियाले जानकारी दिए ।
Type a message...

 

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१