सहिद आमाको संघर्ष र राजनीतिक उत्तराधिकार : परियार संघीय समानुपातिक सांसदमा सिफारिस

  • पुस १२, २०८२
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग्छ । तर लिला देवी परियार साधारण महिला मात्र होइनन्, असाधारण पीडालाई साहस र प्रतिबद्धतामा रूपान्तरण गर्न सफल संघर्षशील आमाको परिचय हुन् ।

एक आमा गर्भमै बच्चा हुँदा अनेकौँ सपना बुन्दै उसको भविष्य कल्पना गर्छिन् । गर्भावस्थाका नौ महिना नौ जुनीजस्तै लाग्ने गर्छ । बच्चा जन्मिएपछि उसको पालनपोषण, शिक्षा र उज्ज्वल भविष्यका लागि आमा आफ्ना तन, मन र धन सबै लगानी गर्न पछि पर्दिनन् । सन्तान हरेक आमाका लागि जीवनका सहारारूपी हरित लतावृक्ष हुन् । तर जब त्यही सन्तान निर्ममतापूर्वक हत्या गरिन्छ, तब आमाको हृदय पीडाले छिया–छिया हुन्छ ।

यस्तै असह्य पीडा भोगेकी महिला हुन् लिला देवी परियार । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर बजार घर भएकी परियारले माओवादी जनयुद्धकालमा आफ्नो जवान छोरा अमित परियार गुमाउनु पर्‍यो । राज्य पक्षबाट गोली हानी हत्या गरिएका अमित परियार राष्ट्र र परिवर्तनका लागि समर्पित सपूत थिए । उनको शहादतले परियार परिवार मात्र होइन, सिंगो समाजलाई नै गहिरो चोट पुर्‍यायो ।

सहिद अमित परियारको बलिदानपछि उनका कान्छा छोरा विवेक परियारले दाजुको आत्माको शान्ति र देश परिवर्तनको अभियानलाई निरन्तरता दिँदै राजनीतिक यात्रामा सक्रियता जनाउँदै आएका छन् । सहिदको सपना र अधुरो कार्यलाई अगाडि बढाउने जिम्मेवारी परिवारकै काँधमा आएको देखिन्छ ।

त्यही माओवादी आन्दोलन आज नेपाली कम्युनिस्ट पार्टीको नामले चिनिन्छ । यही पार्टीको लक्ष्मीपुर पतारी गाउँपालिका स्तरीय बैठकले आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय समानुपातिक सांसद पदका लागि लिला देवी परियारलाई सिफारिस गरेको छ । सहिद आमाको संघर्ष, त्याग र राजनीतिक योगदानको कदरस्वरूप गरिएको यो सिफारिसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सहिद अमित परियारको आत्माको शान्ति र जनयुद्धका मूल्य–मान्यतालाई संस्थागत गर्न गरिएको यो प्रयास सफल बनाउन नेपाली कम्युनिस्ट पार्टीको जिल्ला स्तरीय निर्णयबाट अनुमोदन हुनु नितान्त आवश्यक देखिन्छ । यदि यो सिफारिस अनुमोदन भयो भने, लिला देवी परियार केवल एक सांसद मात्र होइन, हजारौँ सहिद आमाहरूको प्रतिनिधि स्वरूप संसदमा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१