Siraha Times
ताजा समाचार

मधेश प्रदेश सभामुख यादवद्वारा आठै जिल्लाका पत्रकार सम्मानित

  • पुस ११, २०८२
  • ६९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले मधेश प्रदेशका आठै जिल्लाबाट आएका पत्रकारहरूसँग शिष्टाचार भेटघाट गर्दै सम्मान गरेका छन्। जनकपुरधामस्थित मधेश प्रदेश भवनमा रहेको सभामुखकै कार्यकक्षमा आयोजित कार्यक्रममा पत्रकारहरूलाई सम्मान गरिएको हो। 

लामो समय पत्रकारितामा सक्रिय रही पत्रकारिता र राजनीतिसम्मको कठिन यात्रा तथा संघर्ष पार गर्दै हाल मधेश प्रदेशको सभामुख पदमा नियुक्त भएका यादवले कार्यक्रममा आफ्नो अनुभव साझा गर्दै पत्रकारिताको महत्वमाथि प्रकाश पारे। रेडियो नेपालबाट पत्रकारिता सुरु गरेको स्मरण गर्दै उनले पत्रकारितालाई देशको चौथो अंगका रूपमा मान्यता प्राप्त भए पनि यसको यात्रा सहज नभएको बताए।

सभामुख यादवले उपस्थित पत्रकारहरूलाई निडर, निष्पक्ष र सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म भएको उल्लेख गरे। साथै निमुखा, आवाजविहीन, अल्पसंख्यक, महिला, मुस्लिम समुदाय तथा दबिएका वर्गको आवाज बन्न कलम चलाउन आग्रह गरे। समाजमा विद्यमान सामन्ती सोच, विभेद र अपहेलित अवस्थाविरुद्ध पत्रकारिताको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रेस मञ्च नेपालका मधेश प्रदेश अध्यक्षले सभामुख यादवलाई सम्मान गर्दै उहाँलाई एक प्रेरणादायी व्यक्तित्वका रूपमा प्रस्तुत गरे। उनले भने, “सभामुख यादवले पत्रकारिताबाट सुरु गरेको यात्राले हामी पत्रकारलाई पनि देशको गरिमामय पदमा पुगेर जनताको सेवा गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ।”

सम्मान कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबै पत्रकारहरूलाई सभामुख यादवद्वारा सम्मान गरिएको थियो भने उपस्थित पत्रकारहरूले सभामुखको कार्यकाल सफल रहोस् भन्ने शुभकामना तथा बधाईसमेत व्यक्त गरेका थिए। यस किसिमको सम्मान र भेटघाटले पत्रकार र प्रदेश सभाबीचको सम्बन्ध सुदृढ हुनुका साथै जिम्मेवार र समावेशी पत्रकारितालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१