ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम २०८२ आयोजना गर्ने भएको छ। नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र मानवीयता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो विशेष कार्यक्रम आगामी १२ डिसेम्बर २०२५ मा हुने तय गरिएको छ। रक्तदान कार्यक्रम हामाद अस्पतालको ब्लड डोनेट सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।
“रक्तदान जीवनदान हो” भन्ने मूल मन्त्रका साथ अगाडि बढाइएको यस अभियानको समन्वय नेपाली रक्तदाता संघ कतारले गरेको छ। सिराहा जिल्लाबाट आएका प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्दै समाजसेवा तथा आपतकालीन सहयोगमा निरन्तर सक्रिय रहेका सिराहा सेवा समाज कतारले पछिल्ला वर्षहरूमा रक्तदान, स्वास्थ्य जागरण, आपतकालीन सहयोग, सामाजिक परिचय निर्माणजस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
यसपटकको रक्तदान कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। मानव जीवनरक्षाको पवित्र उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रवासी नेपालीबीच सामाजिक भावना अझ मजबुत बनाउने विश्वास आयोजक संस्थाका अध्यक्ष जय प्रकाश यादवले जनाए ।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic