Siraha Times
ताजा समाचार

शहिदनगर नगरपालिकाको बजेट ४३ करोड १२ लाख

  • असार १९, २०७६
  • १८८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

आषाढ १९ धनुषाको शहीदनगर नगरपालिकाको आर्थिक वर्ष २०७६।०७७ का लागि ४३ करोड १२ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ । बिहिबार शहीदनगर नगरपालिकाको भएको तेस्रो नगरसभामा प्रस्तुत गरिएको बजेटमा कृषिलाई प्राथमिकता दिईएको छ । बजेटमा कृषिका अतिरिक्त शिक्षा, स्वास्थ्यलाई समेत ग्राह्यतामा राखिएको छ । कुल बजेटको पुजिगत तर्फ १७ करोड ६७ लाख ६५ हजार, चालु तर्फ ९ करोड १० लाख ९९ हजार विनियोजन गरिएको छ । त्यस्तै सशर्त अनुदान तर्फ १६ करोड ३४ लाख रहेको छ । वडा स्तरमा विकास गर्नका लागि प्रत्येक वडाका लागि १ करोड बजेट छुट्याइएको छ । राजश्व वाँडफँडबाट १० करोड ४२ लाख ७९ हजार अनुमानित आय रहेको छ । जसमा संघ सरकारबाट ९ करोड ९३ लाख, पदेश सरकारबाट ४९ लाख ७९ हजार रहेको छ । आन्तरिक श्रोतबाट ३ लाख रुपैया अनुमानित आय रहेको छ । बजेट प्रस्तुत गर्दै शहीदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले विकासमा कुनै किसिमको सम्झौता नहुने बताएका छन । आफु जनताको सेवाका लागि निर्वाचित भएको भन्दै कुनै किसिमको गुनासो भए खुलेर बताउन नगरवासीहरुलाई आग्रह गरे । आफुलाई सबैको सहयोगको आवश्यकता रहेको भन्दै उनले विपक्षीहरुको टिकाटिप्पणीले झन उर्जा थपिएको बताए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिजराज कणेलले मेयर बरबरियाको कार्य प्रशंसनीय रहेको बताउंदै नगरपालिकाले प्रस्तुत गरेको नीति कार्यक्रम उत्कृष्ट रहेको बताए । उनले विकास जनताकै लागि हुने भएकोले जनता समेत विकासको काममा सहभागी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यतिmहरुलाई सम्मानित समेत गरिएको छ । पर्यावरण क्षेत्रमा अतुल्नीय योगदान दिदै आएका कमला बचाउ अभियानका बिक्रम यादव , विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१