Siraha Times
ताजा समाचार

सिराहा सिडियोले भन्यो "शान्तिपूर्ण" वातावरणमा होलीपर्व मनाउन' अवाञ्छित क्रियाकलाप गरे कानुनी कार्यवाही हुने

  • फागुन २७, २०८१
  • ६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक्रबार तराईमा देशैभरि होलीपर्व मनाउने कार्य तालिका रहेकोछ। त्यसै संन्दर्भमा सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) बासुदेव दाहाल सभ्यतापुर्ण वातावरणमा होली मनाउन सिराहावासीमा अनुरोध गरेको छ।


यो सँगै नजिकिदै गएको रङ्गको पर्व फागु पूर्णिमा (होली) को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय, सिराहाका सिडियो बासुदेव दहालसहित स-परिवार जिल्लावासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै भने-

यो जिल्ला साँस्कृतिक, पुरातात्विक तथा पर्यटकीय नगरीको रुपमा समेत विशिष्ट पहिचान भएको हुँदा होली मनाउँदा आ-आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य र शान्तिपूर्ण रुपमा होली पर्व मनाउनु हुन जिल्लावासीहरुमा हार्दिक अनुरोध गरेकोछ ।

सिडियो दाहालका अनुसार - होली पर्वको अवसरमा एक अर्काको इच्छा बिपरित जवरजस्ती रंग हाल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, वाटोमा हिड्ने यात्रीहरुलाई दुःख, हैरानी तथा कष्ट दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने यस्ता खालका कार्यहरु नगर्न, नगराउन साथै होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक शान्तिपूर्ण वातावरणमा मनाउदै समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने कार्यमा सहयोग हुन सम्पूर्ण जिल्लावासीहरुलाई हार्दिक अनुरोध गर्दै यस्ता अवाञ्छित क्रियाकलापहरु गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१