Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह

  • असोज ७, २०८३
  • १२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वसूचनाअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सखुवानन्कारकट्टी गाउँपालिकाले गाउँपालिकावासीलाई सतर्क रहन आग्रह गरेको छ। गाउँपालिकाले सम्भावित बाढी, डुबान, कटान, चट्याङ तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको हो।

गाउँपालिकाका अनुसार मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, बाढी तथा कटानको जोखिम रहेका खोला, नदी किनार, पोखरी तथा जलाधार क्षेत्र आसपास आवतजावत नगर्न आग्रह गरिएको छ। त्यस्तै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूले सम्बन्धित वडा कार्यालय, नजिकको प्रहरी चौकी र गाउँपालिकासँग समन्वय गरी स्थानीय वस्तुस्थिति मूल्याङ्कन गरेर मात्र पठनपाठन सञ्चालन गर्न अनुरोध गरिएको छ। कृषकहरूलाई पाकिसकेका तथा वर्षाका कारण क्षति पुग्न सक्ने बालीनाली समयमै सुरक्षित स्थानमा भित्र्याउन, खाद्यान्न, पिउने पानी तथा अत्यावश्यक औषधिको व्यवस्था गर्न र पशुचौपायाका लागि आवश्यक दाना तथा घाँस सुरक्षित रूपमा भण्डारण गर्न गाउँपालिकाले आग्रह गरेको छ।

विपद्को जोखिम देखिएमा वा आकस्मिक सहयोग आवश्यक परेमा तत्काल गाउँपालिकाको विपद् व्यवस्थापन शाखा वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ। विपद् सम्पर्क व्यक्ति: अशोक कुमार यादव ९८५२८२७०३३ सूचना अधिकारी: विश्वेश्वर यादव — ९८५२८२७०२२ प्रमुख प्रशासकीय अधिकृत: रामेन्द्र प्रसाद कुशवाहा सम्भावित विपद् टार्नुभन्दा पूर्वतयारी र समयमै अपनाइएको सावधानी नै सबैभन्दा प्रभावकारी उपाय भएकाले गाउँपालिकाले जारी गर्ने आधिकारिक सूचना तथा मौसमसम्बन्धी पूर्वानुमानलाई प्राथमिकताका साथ पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गोविन्दपुर मुस्लिम ट ...

ओम प्रकाश यादव, लहान असोज ७ । लहान नगरपालिका–१४ अन्तर्गतका गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१