Siraha Times
ताजा समाचार

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित

  • पुस ७, २०८१
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु पुस ७ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ शनिबार बाँकेकाे नेपालगन्जमा आयाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।

कानूनमन्त्री आदेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन आग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छुवाछूत गर्न नहुने ब्यवस्था गरे पनि दलित समुदायले विभिन्न खालका विभेदहरु भाेग्दै अाएकाे बताउनुभयो ।

दलितका मुद्दा तथा बिषयहरुलाई दलित तथा गैर दलित पत्रकारहरुले कलमकाे माध्यमबाट सशक्त रुपमा उठान गरि जिम्मेवार निकायलाई झकझक्याउनुपर्ने आवश्यकता औल्याउनुभयाे । शाखा स्थापनापछि नियमित बैठक, निर्णय कार्यन्वयन, क्षमता विकास र सामाजिक कार्य निरन्तर रुपमा गर्दै आएकाे र पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलकाे भुमिकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघ,नेपा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१