Siraha Times
ताजा समाचार

बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदको सेवा अब विराटनगरको पारस अस्पतालमा

  • मंसिर ५, २०८१
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा.लि. ले अब दुई दशकभन्दा बढी अनुभव भएका वरिष्ठ फिजिसियन तथा विशेषज्ञ डाक्टर सैयद वकार अहमदको सेवा उपलब्ध गराउने भएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताका अनुसार डा. अहमदको सेवा मंसिर ५ गते, बुधबार देखि आरम्भ हुने बताएका छन।

डा. सैयद वकार अहमदले सुगर, थाइराइड, ब्लडप्रेशर, किड्नी, न्युरो तथा हृदय रोग सम्बन्धी उपचारमा विशेष योगदान दिएका छन्। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान बाट एमबीबीएस र एमडी (इन्टर्नल मेडिसिन) गरेका वरिष्ठ चिकित्सक हुन्। साथै, उनले नोबेल मेडिकल कलेजमा सहायक प्राध्यापकको रूपमा पनि काम गरिसकेका छन्। पारस अस्पतालमा डा. अहमदको आगमन सँगै बिरामीहरूले २४ सै घन्टा उच्चस्तरीय र बिशिष्ट सेवा लिन सक्नेछन्। अस्पतालले डा. अहमदको अनुभव र विशेषज्ञताले बिरामीहरूको स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने विश्वास लिएका छन।

पारस अस्पताल सुगर, थाइराइड, ब्लडप्रेशर, किड्नी, न्युरो तथा हृदय रोगका बिरामीहरूका लागि अब एक प्रमुख गन्तव्य बन्ने अनुमान गरिएको छ। अस्पताल संचालक एवम बरिस्ठ सर्जन डा. सफिउरर रहमान एक पहिचान बनाएका ब्यक्ति हुन। बिगत लामो समय देखि बिराटनगरमा निजि अस्पताल संचालन गरी निकै चर्चामा रहेका डा. रहमान अस्पताललाई अझ ब्यबस्थित गर्दै नागरिकलाई सस्तो गुणस्तरीय सेवा दिन निकै प्रयासरत रहेको अस्पताल स्रोतले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१